६ नं. वडा कार्यालयमा विद्युतिय सामानसँगै झ्यालको पर्दा समेत चोरी

0
351


बाँके, (राप्ती सोनारी) भदौ १-


बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालयमा गएराति चोरी भएको छ । चोरले कार्यालयमा रहेको कम्प्युटर ३ थान, प्रिन्टर २ थान, वाल फ्यान २ थान, ब्याट्री २ थान, इन्भटर १ थान, मोटर हाप इन्च २ थान डिजीटल हाजीरी १ थान, वाईफाई राउटर १ थान र झ्यालका पर्दा ६ थान चोरी भएको हो । शुक्रबार विहान साढे ९ बजे कार्यालय सहयोगी संगिता थारुले कार्यालय खोल्न जाँदा मुख्य ढोका र भित्र सबै कोठाको ताला फोडेर विद्युतिय सामान लगेको अवस्थामा फेला परेको वडा अध्यक्ष लबराज खरेलले जानकारी दिनुभयो । सबै गरेर करिव ४ लाख बराबरको सामान चारी भएको अध्यक्ष खरेलको दावी छ । चोरी भएको घटना थाहा पाए लगत्तै अस्थायी प्रहरी पोष्ट फत्तेपुर ख र ईलाका प्रहरी कार्यालय भोजभगवानपुरबाट आएको प्रहरी टोलीले घटना विवरण बुझेर अनुसन्धान अघि बढाएको अध्यक्ष खरेलले जानकारी दिनुभयो । ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्