बाँके (राप्ती सोनारी) माघ ९-
बाँकेको राप्ती सोनारी गाउँपालिकामा सम्पन्न ५ औं अध्यक्ष कपको उपाधि सरस्वती मावि भवनियापुरले जितेको छ । राप्ती सोनारी -२ अगैया स्थित नेपाल राष्ट्रिय मावि अगैयामा सम्पन्न प्रतियोगितामा वडा नम्बर -३ मा रहेको सरस्वती माविले प्रथम उपाधि जितेको हो । चौथो अध्यक्ष कपमा चौथो उपाधिमा सिमित भएको सरस्वती माविले ५ औं अध्यक्ष कपमा ९ स्वर्ण, ३ रजत, र १ कास्य गरि १३ पदक हात पार्दै उत्कृष्ट हुन सफल भएको छ ।

यसैगरी चौथो अध्यक्ष कपमा प्रथम भएको लक्ष्मी मावि मदुईले ७ स्वर्ण, ३ रजत र ३ कास्य गरि १३ पदक सहित द्वितिय उपाधी जितेको छ । यस्तै गत बर्ष तृतिय उपाधि जितेको सिद्धेश्वर मावि सिधन्वा ५ स्वर्ण, ५ रजत एक काश्य पदक सहित यस बर्ष पनि तृत्य स्थान मै सिमित भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ माघ ६ गतेदेखि सञ्चालन भएको १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता छनौट तथा राप्ती सोनारी गाउँपालिका स्तरिय अध्यक्ष कप प्रतियोगितामा सरस्वती माविका छात्राले १ सय मिटर. दौड, छात्रातर्फको ८ सय मिटर दौड, छात्रातर्फको १५ सय मिटर दौड, छात्रातर्फको ३ हजार मिटर दौड, छात्रा तर्फको ४१ सय मिटर दौड, छात्रातर्फको लम्जम्प, छात्रातर्फ ट्रिपल जम्प, छात्रातर्फ ज्याबलिङ थ्रो र छात्रातर्फको भलिबल खेलमा स्वर्ण पदक हाँसिल गरेका हुन् ।

यस्तै भलिवल र एथ्लेटिक्समा छात्र तर्फ लक्ष्मी मावि मदुई प्रथम भएको छ । भलिवल छात्र तर्फ लक्ष्मी मावि मदुईका सुरक्षा थारु र छात्रा तर्फ सरस्वती मावि भवनियापुरका निकिता कुमारी थारु उत्कृष्ट खेलाडी घोषित भएकाछन् । यस्तै एथ्लेटिक्समा लक्ष्मी मावि मदुईका छात्र सतिस राम थारु र सरस्वती मावि भवनियापुरका छात्रा सम्झना थारु उत्कृष्ट खेलाडी घोषित भएकाछन् । प्रथम स्थान हाँसिल गरेको सरस्वती मावि भवनियापुरले नगद १५ हजार सहित शिल्ड, ट्रफीलगायत विभिन्न मेडलहरु प्राप्त गरेको छ । यसैगरी द्वितिय उपाधिमा लक्ष्मी मावि मदुईले नगद १० हजार सहित ट्रफीलगायत विभिन्न मेडलहरु प्राप्त गरेको छ भने तृतिय उपाधिमा सिद्धेश्वर मावि सिधन्वाले नगद ५ हजार सहित ट्रफी र विभिन्न मेडलहरु प्राप्त गरेको छ । उपाधि जित्न सफल विद्यालय तथा छात्र छात्राहरुलाई राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडे, उपाध्यक्ष मनिषा सिंह थारु, वडा विभिन्न वडाका वडाअध्यक्ष तथा आयोजक विद्यालय नेरा मावि अगैयाका प्रधान अध्यापक ओम प्रकाश थापा, विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष अर्जुन कुमार केसीलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतियोगितामा राप्ती सोनारी गाउँपालिका अन्तर्गतका ५५ वटा सामुदायिक विद्यालय तथा ७ वटा संस्थागत विद्यालय गरि जम्मा ६२ वटा विद्यालयले सहभागिता जनाएका थिए ।



