२७ औं बन्यजन्तु सप्ताह अन्तर्गत सीक्टामा सरसफाई

0
116

धर्मराज खड्का (विष्णु )
बाँके, (राप्तीसोनारी) बैशाख ४-


२७ औं बन्यजन्तु सप्ताह कार्यक्रम अन्तर्गत आईतवार राप्ती सोनारी १ सीक्टामा सरसफाई गरिएको छ । बाँके राष्ट्रिय निकुन्ज सिक्टा रेन्ज पोष्ट, निकुञ्ज सुरक्ष्यार्थ रहेको सिक्टा पोष्ट र झरणा मध्यवर्ती सामुदाईक वन उपोभोक्ता समुहको सहयोगमा पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तगत सिक्टा आसपासको क्षेत्रमा सरसफाईए गरिएको हो । सिक्टा रेन्जपोस्ट प्रमुख देउरुपा परियारका अनुसार सिक्टा आसपासको पाँच किलोमीटरमा पलास्टिक जन्य तथा अन्य फोहर ब्यबस्थापन गरिएको छ ।

निकुञ्जको बन्यजन्तु सप्ताह कार्यक्रममा झरणा मध्यवर्ती सामुदायिक वन उपोभोक्ताहरुको उल्लेखनीय सहभागीताले आफु एकदमै हर्षीत भएको र यस्ता कार्यक्रमले स्थानीय र नीकुञ्जको सम्बन्ध मजबुत हुने सिक्टा रेन्जपोस्ट प्रमुख परियार बताउनु भयो ।

नेपालमा वन्यजन्तु एवं जैविक विविधता संरक्षणको महत्व र यसको दिगो उपयोगका लागि जनचेतना अभिबृद्धि गर्ने उद्देश्य सहित हरेक वर्ष वैशाख महिनाको पहिलो हप्तालाई नेपालमा वन्यजन्तु सप्ताह मनाउने गरिएको छ । यसै क्रममा २७ औं वन्यजन्तु सप्ताह २०७९ “मानव–वन्यजन्तु सहअस्तित्वः हाम्रो साझा दायित्व” मूल नाराका साथ बैशाख १ गते देखि ७ गतेसम्म राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र सो अन्तरगतका राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष र संरक्षण क्षेत्र कार्यालयहरु तथा अन्य सम्बद्ध निकायहरुले विभिन्न कार्यक्रमहरु गरी मनाउने गरेको छ ।

अघिल्लो लेखमानेरा माध्यमिक बिद्यालय अगैयाको छात्राबास भवन उदघाटन
अर्को लेखमासंगिता थारुले उम्मेदवारी फिर्ता लिईन्

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्