२३ बर्षिय गीरी कोरोना बिरुद्धको अभियानमा

0
158

बाँके, चैत १९-

राप्ती सोनारी ५ चिलहरियाका एक युवकले ब्यक्तिगत रुपमा आफ्ना वडाका विभिन्न टोलमा माक्स, साबुन र पन्जा वितरण गरेका छन् । कोरोना भाईरसको संक्रमणबाट सुरक्षित रहनुपर्ने सचेतना जगाउँदै राप्ती सोनारी ५ चिलहरिया निवासी २३ बर्षिय युवा सुनील गिरिले उक्त सामाग्री वितरण गरेका हुन् । गीरीले वडा नम्बर ५ को सन्तपुर चौधरीया टोल, पहरिया टोल, जबरपुर, जुरपानी र चिलहरियामा एक हजार थान मास्क, ८ सय वटा साबुन र तीन सय पन्जा बितरण गरेको बताएकाछन् ।

विश्वभरी प्रकोपको रुपमा फैलिईरहेको नोबल कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले थालेकाको अभियानमा आफुले सानो सहयोग गरेको उनले बताए । ‘ब्यक्तिगत खर्च कटाएर आफ्नै गाउँठाउँमा सानो सहयोग र कोरोना बिरुद्ध सचेताना जगाउनु हामीजस्ता युवाको कर्तब्य हो ।’ उनले भने, केरोनाको महामारी फैलिईरहेको अवस्थामा सुरक्षित रहनकालागि कोही कसैलाई एउटा माक्स र साबुनको अभाव नहोस ।

अघिल्लो लेखमाराप्ती सोनारीको दुई स्थानमा ३० शैयाको क्वारेन्टाईन
अर्को लेखमाभारतीय क्वारेन्टाइनमा बस्न नेपालीको अस्वीकार

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्