१० किलो अफिम सहित बाँकेको कुसुमबाट दुईजना पक्राउ

0
353

बाँके, भदौ २९-


लागुऔषध अफिमको अवैध कारोबारमा संलग्न दुई जनालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । दाङबाट कुसुम नाका हुँदै बाँके ल्याउँदै गरेको अवस्थामा १० किलो अफिम सहित दुई जना कारोबारीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बाँकेले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुुम बैरिया बजारमा हिडिरहेका रुकुम (पुर्व) पुथा उत्तरगंगा गाँउपालिका ८ का धनबहादुर सेन र घोराही उपमहानगरपालिका वडा नं. १९ का बसन्त घर्ती मगरलाई चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट १० पोका अफिम बरामद गरीएको प्रहरीले जनाएको छ । दाङबाट अवैध लागुपदार्थ सहित केही ब्यक्ति बाँके प्रवेश गर्न लागेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षकसहितको टिमले कुसुुम बैरिया बजारबाट उनिहरुलाई नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रमुख ओम बहादुर रानाले जानकारी दिनुभयो ।

लागु औषध ओसारपसार नियन्त्रण ऐन २०३३ को दफा १४ ‘छ’ को उप दफा ‘३’ वमोजिम १५ बर्ष कैद वा ५ लाख देखि २५ लाख सम्म जरिवाना हुन सक्ने कानुनी सजयको ब्यववस्था रहेको छ ।

अघिल्लो लेखमाअपहरणको नाटक गरि झुट्टा अफवाह फैलाउने महिला पक्राउ
अर्को लेखमाराप्तीसोनारीमा १५ शैयाको अस्पताल स्थापना गर्ने तयारी

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्