हावाहुरीले भाँचिएको हाँगा लागेर बालिकाको मृत्यु, बाँके कारागारका एक कैदीको भेरी अस्पतालमा निधन ।

0
200

बाँके , बैशाख २५


रुखको हाँगाले लागेर बाँकेमा आज एक बालिकाको मृत्यु भएको छ । विहान आएको हावा हुरीका कारण आँपको हाँगा भाँचिएर लाग्दा जानकी गाउँपालिका वडा नं. ६ बुढिया गाउँकी १० बर्षीया निजामुन खाँको मृत्यु भएको हो । घरको आँगनमा दिसा गरिरहेको अवस्थामा हाँगाले लागेर घाईते भएकी निजामुनलाई उपचारकालागि भेरी अस्पतालमा लगिएपनि विहान दश बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यसैविच बाँके जिल्ला कारागारमा एक जना कैदीको मृत्यु भएको छ । जेलर देबेन्द्र श्रेष्ठका अनुसार सुगर र प्रेसरका दिर्घ रोगी नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का सीताराम बैश्य भेरी अस्पताल नेपालगञ्जमा जण्डीस लागेर उपचारकालागि भर्ना भएका बेला आज विहान २ बजे निधन भएको हो । उहाँको शव परिवारलाई जिम्मा लागाईएको बाँके प्रहरीले जनाएको छ ।

अघिल्लो लेखमानेपालगन्जको ५४ वटा “पिसिआर” रिपोर्ट नेगेटिभ
अर्को लेखमानेपालगन्जमा थप एक ब्यक्तिमा कोरोना संक्रमण पुष्टी

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्