बाँके, (राप्ती सोनारी )असार २४-

गउपालिकले प्रवाह गर्ने सेवा पहुँच भन्दा पनि नियम संगत रुपमा हुने राप्ती सोनारी गउपालिकाक अध्यक्ष तप्तरज पौडेलले बताउनुभएको छ । गाउँपालिकाको प्राङगणमा शुक्रबार आयोजित ‘राप्ती सोनारी गाउँपालिकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता विषयक’ सार्वजनिक सुनुवाईमा सहभागीले उठाएका प्रनको जवाफ दिँदै अध्यक्ष पौडेलले यस्तो बताउनुभएको हो । उहाँले गाउँपालिका भित्र हुने हरेक कार्यक्रमहरु गुणस्तरीय हुनेमा शंका नगर्न अनुरोध गर्दै गुण्स्तरीय काम नगर्नेले सेवा नपाउने बताउनुभयो । पालिकाले पारदर्शिता र जवाफदेहिता प्रबद्र्धनलाई प्राथमितामा राखेर काम गर्ने उहाँको भनाई थियो ।

राप्ती सोनारी गाउपालिकाको आयोजना, प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बिनी प्रदेशको सहयोग तथा बास नेपालको सहजिकरण गरेको कार्यक्रममा सरोकारवाला र गाउपालिका बासिहरुका बिचमा झण्डै दुई घण्टा भएको दोहोरो प्रस्नोत्तर पछि गउपालिकाको समर्ग विकासका बिषयमा ६ बुदें साझा प्रतिबद्धता घोषणा गरिएको थियो । यसरी गरिएका प्रतिबद्धताहरुमा बेरोजगार युवाहरुलाई लक्षित गरि शिप मुलक तालिम सञ्चालन गर्ने र व्यवसाय सञ्चालन गर्न चाहने युवाहरुलाई उत्कृष्ट योजनाका आधारमा अनुदानको ब्यवस्था गर्ने, आर्थिक बर्ष २०७८/२०७९ को बार्षिक बजेट पूर्ण रुपमा खर्च हुन नसकेको पाईएकाले विनियोजित बजेट शतप्रतिशत खर्च गर्ने गरी समयमा नै पारदर्शि रुपमा सम्पन्न गर्ने साथै लक्षित बर्ग उत्थान कार्यक्रमलाई प्रभावकारी र पारदर्शि रुपमा सञ्चालन गर्ने, वडा नम्बर २ मा सञ्चालीत निर्माणाधिन बाटोको काम प्रभावकारी नभएको भन्ने गुनासो आएकाले यथासक्य योजनाको अनुगमन गर्ने, पालिकाको सुचना प्रवाहलाई थप चुस्त दुरुष्त बनाउन सुचना शाखालाई प्रभावकारी बनाउने साथै आम नागरिक सम्म सुचना पुर्याउन विविधता अपनाउने, हाल गाउपालिकमा सञ्चालीत योजनाहरुमा प्राविधिक त्रुटी देखिएको, योजनाको फिल्ड अनुगमन विना नै फच्यौट हुने गरेको भन्ने गुनासो आएकाले प्रभावकारी फिल्ड अनुगमनको प्रतिबेदन पछि मात्रै फच्यौटका लागि सिफरिस गर्ने प्रतिबद्धता गरिएको छ ।

यसरी गरिएका प्रतिबद्धताहरुमा गाउँपालिका अध्यक्ष तप्तराज पौडेल, उपाध्यक्ष मनिषा सिंह थारु, प्रमुख प्रशासकिय अधिकृत सिंहराज डांगी, वडा अध्यक्षहरु यम बहादुर खड्का, मिन राज खड्का, झग्रु थारु, लवराज खरेल, राम लखन थारु, सालिकराम मँगी, सोहनलाल थारु, कार्यपालिका सदस्यहरु केशब राज दमाई, राधिका सुनार, शाखा प्रमुखहरुले हस्ताक्षर गर्नुभएको थियो ।
बासका निर्देशक हेमराज भट्टले स्वागत तथा सुनुवाइको उद्धेश्यमाथि प्रकाश पारेको कार्यक्रमको शुरुवातमा गाउँपालिकाले गरेका कामहरु तथा आगामी योजनाका बारेमा गाँउपालिका अध्यक्ष पोडेलले जानकारी गराउनुभएको थियो । बासका श्रोत व्यक्ति मन भण्डारीले सहजिकरण गरेको सुनुवाईमा २०० बढीको सहभागिता रहेको थियो । सार्वजनिक सुनुवाईको रेडीयो भुवर भवानी एफएम ९८.८ मेघाहर्जबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।
