सामुदायिक रेडियोको भावी नीति निर्माणबारे प्रदेश स्तरिय छलफल

0
42

बाँके (नेपालगञ्ज) मंशिर १५-


सामुदायिक रेडियोको भावी नीति निर्माणबारे लुम्विनी प्रदेश स्तरिय छलफल कार्यक्रम विहिवार नेपालगन्जमा सम्पन्न भएको छ । सामुदायिक रेडियो प्रशारक संघ नेपाल(अकोराव) र अमार्क एशिया प्यासेफिकसँगको सहकार्यमा रेडियो गुर्वावा एफ.एम.ले छलफल कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्य, सामुदायिक रेडियो अभियन्ता एकराज चौधरी, अकोराव लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष केपी घिमिरे, अकोरावका केन्द्रिय सदस्य पुष्पा चौधरी, सामुदायिक रेडियो प्रशारक संघ जिल्ला समन्वय समिति बाँकेका संयोजक मोहम्मद आरिफ अन्सारी लगायत उपस्थित सरोकारवालाले आ, आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा अकोरावका केन्द्रिय सदस्य हेमन्त बिक, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, विभिन्न सामुदायिक रेडियो स्टेशनका प्रमुख तथा प्रतिनिधि, अधिकार कर्मी, धर्म गुरु, बडघर तथा अन्य सरोकारवाला निकाय लगायतको पनि उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा सामुदायिक रेडियो र नीतिगत ब्यवस्था, सामुदायिक रेडियोको वर्तमान अवस्था र सामुदायिक रेडियोमा आदिबासी जनजाती समुदायको सहभागिता विषयक छुट्टाछुट्टै कार्य पत्र प्रस्तुत गरिएको थियो । प्रस्तुत कार्यपत्रमाथि ब्यापक छलफल पश्चात राज्यको स्रोतमा सामुदायिक रेडियोको पहुँच बढाउनुपर्ने, लोक कल्याणकारी विज्ञापनमा समानता ल्याउनु पर्ने र स्थानिय पालिका स्तरमा सामुदायिक रेडियोलाई स्थापित गर्नुपर्ने निष्कर्ष निकालिएको थियो ।

अघिल्लो लेखमाबाँके प्रदेश सभा–१ (ख)मा एमालेका दुर्गा प्रसाद निर्वाचित
अर्को लेखमाऔद्योगिक क्षेत्रको विषयमा खरो रुपमा उत्रिने नवनिर्वाचित साँसदहरुको प्रतिबद्धता

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्