सातौं राष्ट्रिय थारु साहित्य सम्मेलन बाँकेको फत्तेपुरमा हुने, तयारी तिब्र

0
431

बाँके, (राप्ती सोनारी) पौष ९-


सातौं राष्ट्रिय थारु साहित्य सम्मेलन बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ सिद्धन्वामा हुने भएको छ । थारु गोँचाली समाज फत्तेपुर बाँकेको आयोजनामा आगामी माघ २०, २१ र २२ गते राष्ट्रिय सम्मेलन हुने भएको हो । थारु लेखक संघ नेपालले प्रत्येक बर्ष फरक फरक जिल्लामा आयोजना गर्दै आएको राष्ट्रिय सम्मेलन सम्बन्धित जिल्लाका थारु समुदायसँग सम्बन्धित संस्था, क्लव तथा समुहलाई स्थानिय स्तरमा आयोजक तथा ब्यवस्थापनको जिम्मा दिने गरेको छ । यस बर्ष बाँकेमा राष्ट्रिय सम्मेलन हुनेभएपछि बाँकेका थारु युवाहरु उत्साहित भएकाछन् । राष्ट्रिय सम्मेलनको लागि आयोजक थारु गोँचाली समाज फत्तेपुरले विभिन्न चरणमा तयारी बैठक गरेको छ ।

थारु गोँचाली समाजका अध्यक्ष देखलाल थारुको अध्यक्षतामा शनिबार बसेको बैठकले थारु राष्ट्रिय साहित्यक सम्मेलन आयोनाको मिती तय गर्नुका साथै सम्मेलन भब्यताका साथ सफल पार्नकालागि विभिन्न तयारी समिती गठन गरेर जिम्मेवारी बाँडफाँड गरेको छ । थारु लेखकसंघका सदस्य शेखर दहितको संयोजकत्व्मा प्रतावना तयारी समिती, गोविन्द दहित चौधरीको संयोजकत्वमा ब्यवस्थापन समिती, सोम नाथ थारुको संयोजकत्वमा स्वागत सत्कार समिती, कालु राम थारुको संयोजकत्वमा समन्वय तथा सहकार्य समिती, सुन्दर लाल थारुको संयोजकत्वमा आर्थिक संकलन समिती, सुनिता थारुको संयोजकत्वमा साँस्कृतीक समिती गठन गरेर जिम्मेवारी बाँडफाँड गरेर तयारीमा जुटेको थारु गोँचाली समाजका महा सचिव कालुराम थारुले जानकारी दिनुभयो । सम्मेलनमा मेची देखि महाकालीसम्मका थारु साहित्यकार तथा थारु कलासँकृतिलाई महत्वदिने ब्यत्तित्वहरुको सहभागिता रहने जंग्रार साहित्यक बखेरीका केन्द्रीय अध्यक्ष सोम डेमनडौराले जानकारी दिनुभयो । सम्मेलनमा विभिन्न विद्याका साहित्य वाचन सँगै सम्मेलन आयोजना हुने जिल्ला तथा स्थानिय स्तरको एजेण्डालाई विशेष प्राथमिकता दिएर ब्यापक बहस तथा छलफल गरिने उहाँले बताउनुभयो । सातौं थारु राष्ट्रिय साहित्यक सम्मेलनमा समग्र बाँके जिल्ला र राप्ती सोनारीको मुख्य समस्या तथा समाधानको उपाय, शिक्षाको अवस्था, बरघरहरुको एजेण्डा लगायतका विषय उठान गर्न सकिने बखेरीका अध्यक्ष थारुको सुझाव थियो । तयारी बैठकमा थारु लेखक संघ नेपालका सदस्य शेखर दहित, जंग्रार साहित्यक बखेरीका उपाध्यक्ष तथा थारु लेखक संघका सदस्य बालिका चौधरी, सममेलनका संयोजक लक्ष्मी चौधरी, सह संयोजक श्रीदेवी थारुलगायत स्थानिय युवाहरुको सहभागिता थियो ।

अघिल्लो लेखमाराप्ती सोनारी र नरैनापुर गाउँपालिकाले गरे शीतलहमा आधारित कृतिम घटना अभ्यास
अर्को लेखमाराप्ती सोनारी ३ मा दलित समुदायलाई चुल्हो तथा सिलिण्डर वितरण

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्