बाँके (राप्ती सोनारी) भदौ १६
बाँकेको राप्ती सोनारी – ३ स्थित सरस्वती मा.विको नवनिर्मित भवन विहिवार उद्घाटन गरिएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्पति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ३६ लाख लागतमा निर्माण भएको ४ कोठे भवनको एक समारोहकावीच उद्घाटन गर्नुभएको हो ।

यसैगरी सरस्वती मा.वि कै संसद विकास कोषबाट १५ लाख, तराई मधेश समृद्ध कार्यक्रम बाट २८ लाख र विद्यालयको आन्तरिक श्रोतबाट ५ लाख गरि जम्मा ४८ लाख रुपैयाँको लागतमा निर्मित ४ कोठे भवनको लुम्वीनी प्रदेश सभा सदस्य पार्वती पुन (उषा) ले उद्घाटन गर्नु भएको छ ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अथकले आफ्नो निर्वाचन क्षेत्रमा जनताको सेवा गर्न पाएकोमा खुशि व्यक्त गर्नुभयो । आफु पदमा रहे पनि नरहेपनि आफ्नो निर्वाचन क्षेत्रको समस्या लिएर संधै सिंहदरवार गइराख्ने प्रतिवद्धता समेत जनाउनुभयो । शिक्षासँगै विद्यालयमा खेलकुद विकासलाई पनि प्राथमिकता दिन उहाँले सुझाव दिनुभयो । यस क्षेत्रको विद्युत हुलाकी लोकमार्ग आफ्नो पहलमा ल्याएको अवगत गराउँदै उहाँले सिक्टाको पुर्वी नहरको विकास संगै शाखा प्रसाखा नहर विस्तार गरेर छिटो जनताको खेतमा पानी पुर्याउन लागी परेको उल्लेख गर्नुभयोे । निर्वाचन जिते फेरी प्रत्यक्ष सेवामा रहने जनाउँदै समृद्ध राप्ती सोनारी र नरैनापुर बनाउन विशेष पहल रहेको उहाले प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि लुम्विनी प्रदेश सदस्य पार्वती पुन उषा, संविधान सभा सदस्य पट्टु थारु, राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेल, उपाध्यक्ष मनिशा सिंह थारु, गाउँपालिकाका निर्वतमान अध्यक्ष लाहुराम थारु, वडा नम्बर –३ का वडा अध्यक्ष मिन कुमार थारु, वडा नम्बर– ४ का अध्यक्ष मिनराज खड्का सन्तोष, वडा नम्बर– ५ का अध्यक्ष झगरु थारु, लगायत अन्य नेताहरुको उपस्थिति रहेको थियो । सोही अवसरमा विद्यालयले विभिन्न क्षेत्र बाट योगदान पुर्याउने संस्था र व्यक्तिलाई पनि सम्मान गरेको थियो । विद्यालयका प्रधानाध्यापक ललित कुमार चौधरीले २०३५ सालमा स्थापना भए यता क्रमिक रुपमा विद्यालयको शैक्षिक सुधार हँदै गएको र हाल ८ सय १५ विद्यार्थी अध्ययन गर्ने गरेको जानकारी दिनुभयो । जनसंख्याको हिसावले सबै भन्दा ठूलो गाउँपालिका भएपनि प्राविधक धारका विषय पढाई हुने विद्यालयको कमी रहेको औलयाउँदै प्रधानाध्यापक चौधरीले अव सरस्वती माध्यामिक विद्यालयलाई प्राविधक धारमा लैजानकालागि सबै सरोकारवालाहरुलाई सहयोग गर्न आग्रह गर्नुभयो