सरस्वती मावि भवनियापुरमा भूपू विद्यार्थी समाज गठन

0
131


बाँके, (राप्ती सोनारी) पौष २९-


बाँकेको राप्ती सोनारी ३ भवनियापुर स्थित सरस्वती माविमा भूतपूर्व विद्यार्थी समाज गठन गरिएको छ । विद्यालयको प्राङ्गणमा शुक्रबार आयोजित भुतपूर्व विद्यार्थीहरुको दोस्रो चरणको भेलाले भूतपूर्व विद्यार्थी समाज तदर्थ समिती गठन गरिएको हो । भूतपूर्व विद्यार्थी तथा सोही विद्यालयमा अध्यापन गर्दै आउनुभएका शिक्षक पुष्पलाल चौधरीको संयोजकत्वमा १९ सदस्यीय तदर्थ समिती गठन गरिएको विद्यालयका प्रधानअध्यापक ललित चौधरीले जानकारी दिनुभयो ।

Exif_JPEG_420

समितीको सह संयोजकमा विमला चौधरी, सचिव राजेन्द्र चन्द, कोषध्यक्ष तुलसी थारु, सह सचिवमा प्रेम थारु चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा संगिता थारु, ईश्वरी केसी, हेमन्त चौधरी, सन्तोष चौधरी, शंकर महतरा, बसन्त ओली, अन्जु चौधरी, आरती योगी, मान बहादुर खड्का, अर्जुन चौधरी, सुधा चौधरी र सीमा थारु चयन हुनुभएको छ । सरस्वती माविमा अध्यन गरि हाल विभिन्न क्षेत्र, पेशा ब्यावसायमा आवद्ध बौद्धिक ब्यक्तित्वहरुलाई समेटेर विद्यालयको शैक्षिक स्तरोन्नतीमा सहयोग पु¥याउने उद्देश्यले भूतपूर्व विद्यार्थी समाज गठन गरिएको विद्यालयका प्रधान अध्यापक चौधरीको भनाई छ । विद्यालय बयवस्थापन समितीका अध्यक्ष प्रेम राज श्रेष्ठको अध्यक्षतामा आयोजित भेलालाई सम्बोधन गर्दै सरस्वती माविका भूतपूर्व विद्यार्थी समेत रहनुभएका लुम्विनी प्रदेश सांसद दूर्गा प्रसाद चौधरीले विद्यालयमा प्राविधक धार पढाई संचालनकोलागि सक्दो पहल गर्ने प्रतिबद्धता जानाउनुभयो । उहाँले भन्नु –‘म निर्वाचित भएको क्षेत्र फरक भएपनि यसै विद्यालयको भूतपूर्व विद्यार्थीको नाताले आफ्नो तर्फबाट सक्दो पहल गर्छु ।’ उहाँले भुतपुर्व विद्यार्थी समाजको नवगठित समितीलाई विद्यालयको मुख्य आवश्यकता पहिचान गरि सहयोग गर्नकोलागि पहल गर्न सुझाव दिनुभयो । विद्यालयका प्रधान अध्यापक ललित चौधरीले सिटीई भीटीबाट मान्यता प्राप्त जुन सुकै विषय भएपनि यसै बर्षदेखि प्राविधिक धार पढाई संचालन गर्ने सोंच बनाएको भन्दै यसकालागि सबैको सुझाव मागुभएको थियो । भेलामा सहभागी भूतपूर्व विद्यार्थीहरुले उक्त विषयमा आ आफ्नो धारणा राख्नुभएको थियो ।

अघिल्लो लेखमासहकारी संस्थाको संकलन केन्द्रमा स्थानियद्वारा तोड फोड
अर्को लेखमाराप्ती सोनारीमा अध्यक्ष कप सुरु, ६२ विद्यालयको सहभागिता

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्