बाँके, (राप्ती सोनारी )असोज ४–
जिल्ला समन्वय समिति बाँकेले नदी, खोला र क्रसर उद्योगको अनुगमनमा तिब्रता दिएको छ । जिल्लाका नदी तथा खोलामा अबैध उत्खनन बढेको गुनोसो आउन थालेपछि समन्वय समितिले अनुगमनलाई तिब्रता दिएको हो । समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको नेतृत्वमा मंगलबार (आज) नदी, खोला र क्रसर उद्योगको छ्ड्के अनुगमन गरिएको छ ।

टोलीले राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ स्थित मुगुवा खोला, शक्तिमाँ क्रसर उद्योग, राप्ती सोनारी प्रोसेसिङ प्रा.लि. लगायतको अनुगमन गरेको हो । अनुगमनका क्रममा अबैध उत्खननमा संलग्न रहेको अवस्थामा २ वटा ट्याक्टर नियन्त्रणमा लिइएको समन्वय समितिका प्रमुख चौधरीले जानकारी दिनुभयो । टोली अहिले पनि अनुगमनमै रहेको बताइएको छ । अनुगमनलाई अव निरन्तरता दिईने समन्वय नियमिती बाँकेले जनाएको छ ।
