सख्या नाच जगेर्ना गर्दै आएका युवा युवतीलाई पोशाक वितरण

0
574


बाँके, (राप्ती सोनारी) असोज ९-


दशैंमा सख्या नाच नाच्दै आएका राप्ती सोनारी – ६ सिद्धन्वा गाउँका युवा युवतीलाई आईतबार वडा कार्यालयले पोशाक वितरण गरेको छ । दशैं विशेष थारु परम्परागत सख्या नाचलाई निरन्तरता दिँदै आएका ३२ जना युवा युवतीलाई वडा अध्यक्ष लवराज खरेल र वडा सदस्यहरुले पोशाक वितरण गर्नुभएको हो ।

थारु परम्परागत संस्कृति जगेर्ना गर्दै आएका युवा युवतीलाई प्रोत्साहान स्वरुप सख्या नाचको लागि पोशाक वितरण गरिएको वडा अध्यक्ष खरेलले बताउनुभयो । अध्यक्ष खरेलका अनुसार सख्या नाचमा सहभागी हुने युवतीहरुलाई थारु पोशाक गुन्या, ब्लाउज, बेल्ट र कपाल बाट्ने डोरी रहेको रहेको छ भने मादल बजाउने युवाहरुलाई सर्ट, पाईन्ट र बेल्ट बितरण गरिएको छ । पोशाक बितरणका क्रममा अध्यक्ष खरेलले लोप हुन लागेका कला संस्कृति जगेर्ना गर्नु सबैको दायित्व रहेको बताउनुभयो । सबै जातजातीको संस्कृती जगेर्ना गर्नमा वडा सधैं तत्पर रहेको र आगामी दिनमा यस्लाई प्राथमिकता दिने उहाँले बताउनुभयो । राप्ती सोनारी गाउँपालिका वडा नम्बर –६ अन्तर्गत थारु समुदायको घना बस्ती रहेको धेरै गाउँहरु रहे पनि दशैंमा नाचिने सख्या नाचलाई सिद्धन्वाका युवा युवतिले मात्र निरन्तरता दिईरहेको अध्यक्ष खरेलले जानकारी दिनुभयो । पछिल्लो समय दशैंमा थारु समुदायले कृष्ण लिलामा आधारित गित गाएर महिनौं दिन सम्म नाचिने सख्या नाच लोप हुँदै गईरहेको छ ।

अघिल्लो लेखमाखनालको नेतृत्वमा नेपालगन्जमा आर्थिक पत्रकार समूह गठन
अर्को लेखमालोप हुँदै गएको सख्या नाच राप्ती सोनारी – ३ का सात गाउँमा संरक्षणको प्रयास, प्रोत्साहन स्वरुप वडाले दियो पोशाक

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्