संगिता थारुले उम्मेदवारी फिर्ता लिईन्

0
1701

बाँके, राप्तीसोनारी बैशाख १२-


बाँकेको राप्ती सोनारी गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट उपाध्यक्षको टिकट पाएकी संगिता थारुले आफ्नो उम्मेदवारी फिर्ता लिएकिछन् । गाउँपालिकामा काँग्रेसले चुनाव जित्ने माहोल नदेखिएकाले उम्मेद्वारी दर्ता नै नगरि फिर्ता लिएकी हुन् ।

काँग्रेस बाँके क्षेत्र नम्बर –१ ले गाउँपालिकाको नौ वटै वडामा मनोमानी तरिकाले टिकट वितरण गरेको र त्यसबाट कार्यकर्ताहरु असन्तुष्ट भई पार्टी परित्याग गरेर धमाधम अन्य पार्टीमा प्रवेश गरेकाले जित्ने आधार नदेखेर आफुले उम्मेद्वारी दर्ता नगरेको उनले एक विज्ञप्ती मार्फत जानकारी गराएकी छन् । बाँके क्षेत्र नम्बर – १ क्षेत्रिय कार्यसमितीले मनोमानी तरिकाले राप्ती सोनारी गाउँपालिकाको – ९ वटै वडामा टिकट वितरण गरेकाले नेपाली काँग्रेसमा असन्तुष्टी भएको छ । ‘उक्त असन्तुष्टिले नेपाली काँग्रेसको जित्ने आधार नहुँदा र टिकट वितरण मनोमानीले नेपाली काँग्रेसका विभिन्न ब्यक्तिले पार्टी परित्यग गरि राप्रपाबाट उम्मेद्वारी दर्ता गराउनुका साथै धेरै ब्यक्ति बागी उम्मेद्वार दर्ता गराएकाले मैले मेरो उम्मेद्वारी फिर्ता लिएको सबैलाई जानकारी गराउँदछु ।’ विज्ञप्तीमा भनिएको छ ।

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ महाधिवेशन प्रतिनिधी समेत रहेकी संगिता थारुले उम्मेद्वारी फिर्ता लिएपछि नेपाली काँग्रेसको तर्फबाट राप्ती सोनारी –५ निवासी मनिशा सिंह चौधरीले गाउँपालिका उपाध्यक्षकालागि उम्मेद्वारी दर्ता गराएकी छन् । यसैगरी कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षमा तप्त पौडेलले उम्मेद्वारी दर्ता गराएका छन् । नेपाली कांग्रेस बाँकेले आइतबार बेलुका राप्तीसोनारीमा तप्त पौडेल र संगिता थारु सँगै अन्य पालिकाको उम्मेदवारको नाम टुंगो लगाएको थियो ।

अघिल्लो लेखमा२७ औं बन्यजन्तु सप्ताह अन्तर्गत सीक्टामा सरसफाई
अर्को लेखमाराप्ती सोनारीले नयाँ शैक्षिक सत्र देखि स्थानीय पाठ्यक्रम लागू गर्ने

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्