बाँके, बैशाख १९-
कोरोना भाईरसका कारण सरकारले गरेको लकडाउनबाट प्रभावित श्रमिक मजदुरलाई राहत पुर्याउने उद्देश्यले नेपाली कांग्रेस कोहलपुर नगर समितिले ७५ क्वीन्टल चामल सहयोग गरेको छ । कोहलपुर नगरपालिकाका १५ वटै वडामा ५ क्वीन्टलका दरले राहत स्वरुप चामल सहयोग गरिएको नेपाली कांग्रेस कोहलपुर नगर सभापति बलराम शर्माले जानकारी दिनुभयो । शुक्रबारबाट कोहलपुर वडा नम्बर १ र २ बाट राहत वितरणको काम समेत सुरु भइसकेको उहाँले बताउनु भएको छ ।
सो क्रममा नेपाली कांग्रेस कोहलपुर नगर सभापति शर्मा, कांग्रेस बाँकेका सदस्य चिन्तामणि धिताल, कांग्रेस नेता नारायणप्रसाद गौडेल, युवा नेता पोषण केसी, टेकनारायण भुसाल, नेतृ सतिदेवी ढकाल, नेपाल बिद्यार्थी संघ बाँकेका अध्यक्ष पुर्णप्रसाद आचार्य लगायतको उपस्थिती रहेको थियो । लकडाउनका कारण श्रमिकको दैनिकी कष्टकर बनेपछि कांग्रेसले राहत सहयोग गरेको युवा नेता पोषण केसीले बताउनु भयो । उक्त चामल कांग्रेसले कोहलपुरका विभिन्न वडा कार्यालयलाई हस्तान्तरण गरेको छ ।