शैक्षिक सुधारकालागि कुनै कसर बाँकी राख्ने छौनौं-नव र्निर्वाचित जन प्रतिनीधिः

0
404


बाँके,(राप्ती सोनारी) जेठ १४-


शिक्षक र विद्यालय ब्यवस्थापन समिती ईमान्दार भए सबै विद्यालयमा गुणस्तरिय शिक्षा कायम गर्न सकिने एक कार्यक्रमका सहभागीले बताएका छन् । राप्ती सोनारी गाउँपालिकाले शुक्रबार आयोजना गरेको शैक्षिक सरोकारवालाहरुको बृहत अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताले कतिपय विद्यालयका प्रधान अध्यापक नै विद्यालयमा नियमित उपस्थित नहुने र विद्यालय ब्यवस्थापन समितिले आफ्नो विद्यालयको मुख्य समस्या पहिचान गर्न नसक्ने समस्या देखिएको बताएका हुन् ।


राप्ती सोनारी गाउँपालिकाको शैक्षिक समस्याको पहिचान, आगामी बर्षको नीति तथा कार्यक्रमको आधार तयार गर्न तथा गाउँ शिक्षा योजनाको आधार तयार गर्ने उद्देश्यले आयोजना गरिएको बृहत अन्तरक्रियामा सहभागी गाउँपालिका अन्तर्गतका सबैजसो विद्यायलयका प्रधानाध्यापकहरुले आ आफ्नो विद्यालयको समस्या दर्शाउनुका साथै सुझाव पनि दिनुभएको थियो । लक्ष्मी माध्यामिक विद्यालय मदुईका प्रधाननाध्यापक लक्षमण आचार्यले प्रतिस्प्रधाको जमाना रहेकाले भर्ना भएका विद्यार्थीलाई एउटा विद्यालयमा टिकाईरन चुनौती रहेको बताउनुभयो । उहाँले भन्नु भयो –‘बिद्यार्थीलाई झिकाउन, टिकाउन र अध्यन पूरा गरिसकेपछि बिकाउन चूनौती छ, यी चूनौतीलाई चिर्न सक्यौं भने मात्र हामी सफल हुन्छौं ।’ कार्यक्रममा बोल्ने अन्य प्रधानाध्यापकहरुले गाउँपालिका अन्तर्गतका सबै विद्यालय पोशाकमा एक रुपता र स्थानिय विदामा एक रुपता कायम गराउन सुझाव दिएका थिए । यसैगरी दरवन्दी मिलान र गाउँपालिकाले दिने शिक्षक अनुदान पुनरावलोकन गर्न माग गरेका थिए । गाउँपालिकाको पहिलो नेतृत्वले शिक्षक अनुदानमा नियुक्त गरेकालाई फेरी नयाँ नेतृत्वले हटाउने हो कि ? भन्ने एक खालको शंका उत्पन्न भएको विद्यालय ब्यवस्थापन समितीका पदाधकिारीहरुले बताएका थिए । यस्तै विद्यालयमा दिईने दिवा खाजाको लागि अपुग रकम र त्यो पनि समयमा उपलब्ध नहुने समस्याले गर्दा विद्यार्थीलाई गुणस्तरिय खाजाको ब्यवस्था गर्न नसकेको शिक्षकहरुको गुनासो थियो ।


कार्यक्रममा उपस्थित नव निर्वाचित वडा अध्यक्षहरुले आ आफनो वडाको शैक्षिक सुधारकालागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनु भएको थियो । राप्ती सोनारी –४ का वडा अध्यक्ष मिनराज खड्काले प्रोजेक्टरको मध्यमबाट बढाउन सहजताकालागि वडाको तर्फबाट आफ्नो वडाको सबै विद्यालयलाई एक एक वटा ल्याप्टप उपलब्ध गराउने र वाल विकासदेखि कक्षा एक सम्म अंग्रेजी माध्यमबाट पठनपाठन सुरुवात गराउने प्रतिबद्धता जनाउनुभयो ।
यसैगरी राप्ती सोनारी –३ का अध्यक्ष मिन कुमार थारुले भौतिक पूर्वाधारले सम्पन्न अन्य विद्यालयलाई प्राविधक धारको विद्यालय बनाउन तर्फ पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
राप्ती सोनारी –६ का वडाअध्यक्ष लवराज खरेलले राप्ती सोनारी गाउँपालिका खेलाडीको उद्गम स्थल रहेको भन्दै खेल क्षेत्रको विकासकालागि सुविधा युक्त खेल मैदानको आवश्यकता औल्याउनु भयो । उहाँले गाउँपालिकाको क्षेत्रफल ठूलो रहेको भन्दै राप्ती नदी वारी र पारीका वडालाई पायक पर्ने कम्तीमा दुई स्थानमा खेल मैदान बनाउन आवश्यक रहेको बताउनुभयो ।
सहभागी सबैको सुझाव तथा गुनासोलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष तप्त पौडेलले शिक्षा क्षेत्रको नियमित अनुगमन र मुल्यांकनका लागि आफ्नो सक्रिय सहभागिता रहने बताउनुभयो । उहाँले विद्यालयमा रहिरहेका शिक्षक तथा कर्मचारीलाई सहि तरिकाले परिचालन गर्न प्र.अ तथा विद्यालय ब्यवस्थापन समितिका पदाधीकारीलाई आग्रह गर्नुभयो । ‘अनुदानका शिक्षक तथा कर्मचारीको तलव भत्ता स्थायी दरबन्दीका शिक्षक सरह पु¥याउने मेरो लक्ष छ, उहाँले भन्नु भयो –‘यदि सहि तरिकाले चल्नु भएन भने निर्मम खालको निर्णय गर्न पनि बाध्य हुने छौं ।’ अध्यक्ष पौडेलले ‘शिक्षाको सन्दर्भमा नो कम्प्रोमाइज’ भन्नुभयो । उहाँले स्थानीय सरकारको अधिकार, नियम र कानुनमा टेकेर काम गर्ने, शैक्षिक गुणस्तर कायम गराउने, शिक्षा क्षेत्रमा पहिलेको भन्दा दोब्बर बजेट छुट्याउने तर शिक्षालाई असर पार्ने खालका कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाउनुभयो ।

यस्तै गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारुले नियम र परिधिमा रहेर चल्ने संथागत विद्यालयहरुलाई पनि मुल्यांकन गरेर सामुदायिक विद्यालय सरह सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । गाउँपालिका अन्तर्गतका सबै सामुदायिक, संस्थागत, धार्मिक विद्यालयका प्र.अ, विद्यालय ब्यवस्थापन समिती तथा शिक्षक अभिभावक संघका पदाधिकारी सहभागी बृहत अन्तरक्रिया कार्यक्रमलाई राप्ती सोनारी गाउँपालिका युवा, खेलकुद तथा शिक्षा शाखाका प्रमुख जीवन न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।

अघिल्लो लेखमाभारोत्तोलन खेलाडी सन्जुलाई मन्त्री अथकद्वारा अन्तिम श्रद्धान्जली
अर्को लेखमानदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसार–पसार रोक्न सरोकारवाला सहमत

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्