वडाअध्यक्ष बस्नेतको सक्रियतामा वडा नम्बर ८ मा दोस्रो चरणको राहत वितरण

0
123

बाँके(राप्तीसोनारी), बैशाख १८-
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ ले दोश्रो चरणको राहत वितरणको काम सुरु गरेको छ । वडा नम्बर ८ का वडा अध्यक्ष खुमबहादुर बस्नेतको नेतृत्वमा दोस्रो चरणको राहत वितरण सुरु गरिएको हो । दोश्रो चरणमा ९५ परिवारलाई राहत वितरण गरिएको वडा अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । राहत वितरणका क्रममा सामाजिक दुरीलाई कायम गरिएको उहाँको भनाई छ ।

वडाभित्र रहेका अति गरिब तथा विपन्न, एकल महिला, असहाय लगायत ९५ परिवारलाई चामल, दाल, नुन र तेल राहत वितरण गरिएको बस्नेतले बताउनु भयो । यसअघि पहिलो चरणमा १ सय ६० परिवारलाई राहत वितरण गरिएको थियो । बस्नेतका अनुसार वडा नम्बर ८ को बालापुर, नयाँगाउँ, पेरानी, ओभरी र धर्मोनी गाउँमा वितरण गरिएको थियो । कोरोना भाइरसको संक्रमणका कारण सरकारले लकडाउन गरेपछि दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने ब्यक्ति तथा परिवार बढी मर्कामा परेका छन् । वडा अध्यक्ष बस्नेतले कसैलाई पनि भोकै नबस्न अनुरोध गर्नु भएको छ ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्