लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु, राप्ती सोनारीमा सूचनामार्फत सचेतना फैलाउने

0
34


बाँके, (राप्तीसोनारी) मंसिर ९-
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान बिहीवारदेखि सुरु भएको छ । यस वर्षको नारा ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने तय गरिएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिकामा पनि अभियानको उद्घाटन गरिएको छ ।

दिवसको अवसरमा राप्ती सोनारी गाउँपालिका महिला तथा वालवालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा सचेतनामुलक ¥यालीसँगै अभियानको उद्घाटन गरिएको छ । गाउँपालिका अन्तर्गतका विभिन्न सहकारी संस्था तथा आमा समुहमा आवद्ध महिलाहरुको सहभागितामा अभियानको उद्घाटन गरिएको हो । अभियानको उद्घाटन गर्दै राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनी कुमारी खत्रीले महिलाहरु सँधैं साना तिना हिंसामा परिरहे पनि हिंसाको पहिचान गर्न नसक्दा घटना बाहिर नआएको बताउनु भयो । हिंसाका कतिपय ठूला घटना पनि समाजमा लुकाएर राख्ने प्रवृतिले महिलाहरुलाई हिंसा माथि हिंसा थपिँदै गएको दावी गर्नु भयो । हिंसाका घटना बारे सिधै प्रहरीमा उजुरी गर्न नसकेपनि स्थानिय तहको न्यायिक समितिमा आउन सल्लाह दिँदै उहाँले सबैलाई हिंसा नगर्न र हिंसा नसहन आग्रह गर्नुभयो । कार्यक्रममा राप्ती सोनारी गाउँपालिका महिला, वालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सम्झना दलामीले अभियानको १६ दिन सम्म स्थानिय रेडियो र पत्र पत्रिकाबाट हिंसा विरुद्ध सचेतना जगाउनुका साथै अन्तिमदिन अन्तरक्रियात्मक कार्यक्रम गर्ने जानकारी दिनुभयो । कार्यक्रममा महिला हिंसा विरुद्धको अभियानमा ऐक्यबद्धता जनाउँदै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर शाहीलगायत कार्यक्रममा सहभागी महिलाहरुले सेतो रिवन बाँध्नुका साथै ब्यानरमा हस्ताक्षर गर्नुभएको थियो । अभियानको उद्घाटन अघि गाउँपालिकाको कार्यालयबाट सुरु भएको सचेतनामुलक ¥याली अगैया बाजर परिक्रमा गरेर पुनः गाउँपालिकामा पुगेर सभामा परिणत भएको थियो । यो दिवस हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाउने गरिन्छ ।

अघिल्लो लेखमाक्षेत्रीय सभापतिका उम्मेदवार माधवरामलाई शिर्ष नेतादेखी कार्यकर्ताको साथ
अर्को लेखमाथारु समुदाय अन्तर्गत रझेट्या कुसुम्या समाजको बार्षिक सम्मेलन राप्ती सोनारीमा

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्