‘लकडाउन’ पालना गर्न कांग्रेस सभापति देउवाको आग्रह

0
31

काठमाडौं, चैत २६-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले घोषणा गरेको लकडाउनको पालना गर्न अपिल गर्नु भएको छ । यस्तै उहाँले समाजिक दुरी कायम गर्न पनि सबैलाई आग्रह गर्नु भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले लागू गरेका आदेशको पालना गर्न र समाजिक दुरी कायम गर्न सम्पूर्ण नेपालीहरुलाई अपिल गर्नु भएको हो ।

देउवाले सीमा पारी अलपत्र परेका नागरिकलाई उद्दार गरी क्वारेन्टाइनमा राख्न समेत सरकारलाई आग्रह गर्नु भयो । सरकारलाई पारदर्शी रुपमा स्वास्थ्य सामग्रीको खरिद गर्न र कति दिन लकडाउन गर्नुपर्ने हो, त्यसको अध्ययन गरेर अगाडि बढ्न समेत सरकारलाई अनुरोध गर्नु भएको छ । सरकारले आशंका लागेका सबै नागरिकको स्वाब परीक्षण गर्ने व्यवस्था मिलाउन तत्काल काम गर्नुपर्ने सुझाव दिनु भएको छ ।

अघिल्लो लेखमाभूवर भवानी बिद्यालयमा क्वारेन्टाइन स्थापना गर्ने तयारी
अर्को लेखमाडुडुवाको तथ्याक संकलन अन्तिम चरणमा

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्