रेड पाण्डाको छाला सहित बाँकेमा ५ जना पक्राउ

0
195

बाँके, भदौ २८-


दुर्लभ वन्यजन्तु बन्यजन्तु रेड पाण्डाको छाला सहित बाँके प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । बाँकेको बैजनाथ गाँउपालिका–१ को डेनियाल रेष्टुरेण्टबाट रेड पाण्डाको छालासहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओमबहादुर रानाले आइतबार पत्रकार सम्मेलन गरी नग्रा, दाँतसहितको रेड पाण्डाको एक थान छालासहित पक्राउ परेका जाजरकोट कुसे गाउँपालिका ६ का ३२ वर्षिय कृष्ण वली, सोही गाउँपालिकाको वडा नं. ९ का २८ वर्षिय इन्द्रबहादुर नेपाली, सुर्खेतको भेरीगंगा नगरपालिका ५ का ३० बर्षिय जय बहादुर कामी, २५ वर्षका गणेश विक र भेरीगंगा–१२ का ३६ बर्षिय देवबहादुर बाँठालाई सार्वजनिक गर्नुभएको हो । उनीहरुले सुरुमा छालाको मोल ६० लाख त्यसपछि घटाउँदै जाँदा ४० लाख रुपैयाँमा किनबेच हुने तयारी भएको बेला आइतबार बिहान प्रहरीले सूचना पाएएर रेष्टुरेण्टमा खानतलासी गर्दा खाटमुनी झोलामा लुकाएर राखेको अवस्थामा फेला पारेको प्रहरी प्रमुख रानाले बताउनुभयो । डोल्पाबाट जाजरकोट, सुर्खेत हुँदै बाँकेमा बिक्री गर्न ल्याइएको प्रहरीले जनाएको छ । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (क) बमोजिम दुर्लभ वन्यजन्तु बन्यजन्तुको अंग ओसारपसार र बिक्रीमा १० लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

अघिल्लो लेखमाप्रशासनले दुःख दिएको भन्दै दुग्ध ब्यवसायी आन्दोलित
अर्को लेखमाअपहरणको नाटक गरि झुट्टा अफवाह फैलाउने महिला पक्राउ

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्