राप्ती सोनारी –६ मा प्रसुति गृह निर्माण सुरु

0
58


बाँके (राप्ती सोनारी) माघ ९


राप्ती सोनारी –६ कमैयाँ डाँडामा प्रसुति गृह निर्माण सुरु भएको छ । प्रसुति गृहको राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले सोमबार शिलान्यास गरेपछि निर्माण कार्य सुरु भएको हो । प्रसुति गृहको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष पौडेलले एक वडा एक प्रसुति गृह बनाउने नीतिअनुसार वडा नम्बर– ६ मा प्रसुति गृह निर्माण गर्न लागेको बताउनुभयो ।

वडामा पसुति गृह नहुँदा सुत्केरी हुने महिलालाई वडानम्बर ७ स्थित फत्तेपुर स्वाथ्य चौकीमा जानु पर्ने बाध्यतालाई मध्यनजर गर्दै गाउँपालिकाले प्रसुति गृह निर्माणकालागि २५ लाख बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । राप्ती सोनारी –६ कमैयाँ डाँडा स्थित आधारभुत स्वाथ्य केन्द्र नजिकै ३ कोठे प्रसुति गृह निर्माण सुरु भएको राप्ती सोनारी –६ का वडा अध्यक्ष लबराज खरेलले बताउनुभयो । उहाँले भन्नु भयो –‘आधारभुत स्वाथ्य केन्द्रमा गर्भवति जाँच भएपनि सुत्केरी हुन फत्तेपुर स्वाथ्य चौकी जानुपर्दा सुत्केरी महिलाहरुलाई सम्सया हुँदै आएको छ ।’ प्रसुति गृह निर्माण पछि सुत्केरी महिलालाई टाढा जानुपर्ने बाध्यता अन्त्य हुने उहाँले बताउनुभयो ।

अघिल्लो लेखमामन्त्री नमुनाको निर्देशनमा बर्फानी र शन्तानेश्वर क्षेत्रमा हेलीप्याड बनाईदै
अर्को लेखमा५ औं राप्ती सोनारी अध्यक्ष कपको उपाधि सरस्वती माविलाई

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्