राप्ती सोनारी- ६ द्वारा कृषकलाई धानको बिउ बितरण सुरु

0
139

बाँके (राप्ती सोनारी), जेष्ठ ६-


मनसुन भित्रिन थालेसँगै बाँकेको राप्ती सोनारी गाउँपालिका– ६ नम्बर वडा कार्यालयले बिहिबारदेखि कृषकहरुलाई धानको बिउ बितरण सुरु गरेको छ । संघिय सरकारको अनुदान र राप्ती सोनारी गाउँपालिकाको सहकार्यमा साकार कृषि सहकारी संस्थाले उपलब्ध गराएको धानको बिउ वडाले बितरण सुरु गरेको हो । ५० प्रतिशत अनुदानमा उन्नत जातको (राधा –४) धानको बिउ बितरण सुरु गरेको वडा कार्यालयले जनाएको छ ।

पहिलोदिन १५२ घरधुरीलाई ५८१० के.जी धानको बिउ बितरण गरिएको वडा अध्यक्ष जनक बहादुर थारुले जाकारी दिनुभयो । ‘कोरोना कहरका कारण भौतिक दुरी कायम गरि पालै पालो बितरण गर्ने भनेर पहिलो दिन पद्नाहा र जोरैयाका कृषकलाई खबर गरेका थियौं, तर दुबै गाउँबाट सबै कृषक नआएकाले सिद्धन्वा, हब्रह्वा, पनेहरियालगायतका गाउँबाट जानकारी पाएर आएका १५२ घरधुरीलाई बितरण गरिसक्यौं, उहाँले भन्नु भयो – बाँकी शुक्रबार बितरण गर्ने कार्यक्रम छ ।’ दोस्रोदिन शुक्रबार ढलैह्या, गुल्री, डाँडा टेपरी, लक्षमी राजपुरलागायतका गाउँका कृषकलाई बितरण गरिने अध्यक्ष थारुले जाकारी दिनुभयो । वडा अन्तर्गतका सबै कृषकबाट पहिले नै आवश्यकता अनुसारको विउको परिणम उल्लेख गरेर फार्म भरिसकेपछि सहकारीले बिउ उपलब्ध गराएको बताउँदै उहाँले भन्नु भयो –‘कृषकको जग्गा अनुसार एक कठ्ठा बराबर दुई केजीका दरले बितरण गरिरहेका छौ, जग्गा अनुसार कसैलाई ३५, कसैलाई ५०, देखि १०० केजी सम्म पनि परेको छ । ’ राप्ती सोनारी गाउँपालिका अन्तर्गतका सबै वडाले धानको बिउ बितरण गर्ने जानकारी दिँदै उहाँले आफ्नो वडाबाटै सुरुवात गरेको बताउनुभयो ।

अघिल्लो लेखमाराप्ती सोनारीमा ८ जना संक्रमितको मृत्यु, होम आईसोलेसनमा रहेकालाई आयुर्वेदिक औषधी
अर्को लेखमाट्रकले जेसीबीलाई ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्