राप्ती सोनारी ५ जुरपानीमा आगलागी, एक घरसहित ३ गोठ जलेर नष्ट

0
118

बाँके, (राप्तीसोनारी मंसिर) २४-


बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर –५ जुरपानीमा शुक्रबार आगलागी हुँदा ७ लाख बराबरको क्षति भएको छ । दिउँसो ३ करिव बजेतिर आगलागि हुँदा एउटा घर र ३ वटा गोठ पुर्ण रुपमा जलेर नष्ट भएको हो ।

फोटोः युवराज के.सी को फेशबुकबाट

ईलाका प्रहरी कार्यालय धामपुरका प्रहरी हवलदार तुलसीराम थारुका अनुसार स्थानीय निखिल थारुको गोठबाट सल्कीएको आगोले गरिवलाल थारुको घर गोठ, सोनुलाल थारुको गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । त्यसैगरी गजराज थारुको घरमा पनि सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

फोटोः मोहन थारु

प्रहरी , स्थानीय बासिन्दाको सहयोगमा केहीमात्रामा आगलागि नियन्त्रणमा आईसकेको समयमा नेपालगञ्ज उपमहानगरपालिकाको दमकल पुगेर करिव ३ घण्टापछि आगो पूर्ण रुपमा निभाईएको प्रहरी हवलदार चौधरीले जानकारी दिए । आगलागिबारे वास्तविकता खुल्न नसकेपनि दिउँसो बच्चाहरु गोठमा खेल्ने क्रममा आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । आगलागिबाट घरमा भएको अन्नपात, भाँडा कुडा र लुगा लत्ता जलेर नष्ट भएको र घरगोठमा रहेको दारपात सबै गरेर करिब ७ लाख बराबर क्षति भएको अनुमान गरिएको प्रहरी हवलदार चौधरीले बताए । आगलागी लगत्तै, पीडितलाई राप्ती सोनारी ५ नम्बर वडा कार्यालयले कम्बल र तिर्पाल वितरण गरिएको वडा अध्यक्ष झग्रु थारुले जानकारी दिए ।

अघिल्लो लेखमाआधारभुत स्वास्थ्य केन्द्र राप्तीसोनारी ६ को भवन उद्घाटन, ९ वटै वडाका स्वास्थ्य केन्द्र अव आफ्नै भवनमा
अर्को लेखमाबैजापुर सामाजिक उद्यमी महिला सहकारीको छैठौं साधारण सभा सम्पन्न

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्