बाँके,(राप्ती सोनारी) भदौं ७-

राप्ती सोनारी गाउँपालिका १ सिक्टा निवासी १८ बर्षिय बाँच बहादुर कामी यहि भदौं २ गते देखि सम्पर्क विहिन भएकाछन् । साथिहरुसँग बल खेल्न जानछु भनेर घरबाट निस्किएको र हाल सम्म पनि फर्केर नआएको उनका अभिभावकले बताएकाछन् । भदौं २ गते बल खेल्न जान्छु भनेको दिन गाभर तिर एक्लै जाँदै गरेको गाउँका गोठालाहरुले बताएको तर गाभर, कुसुम र दाङ सम्म खोजतलास गर्दा पनि नभेटिएको बाँच बहादुरका बुवा नन्द कामीले बताउनुभयो । ने. रा मा.वि अगैयामा कक्षा ९ मा अध्ययनरत बाँच बहादुर यस अघि पनि पटक पटक हराउने गरेको र पछि आफै परिवारको सम्पर्कमा आउने गरेको उनका पारिवारले बताएकाछन् । सुस्त मनस्थिती भएका बाँचबहादुर लामो समय सम्म यो दोस्रो पटक हराएको र यसबारे प्रहरीलाई समेत जानकारी गराईसकेको नन्द कामीले बताउनुभयो ।