बाँके, (राप्ती सोनारी) २५ भदौ–

पूर्व मन्त्री तथा प्रदेश सांसद कृष्णा केसी नमुनाले तीजलाई भड्किलो तथा खर्चिलो नबनाउन आग्रह गर्नुभएको छ । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा बाँकेको राप्ती सोनारी गाउँपालिकाले सोमबार आयोजना गरेको तीज विशेष कार्यक्रममलाई सम्बोधन गर्दै संसद नमूनाले अरुको देखासिकी नगरेर आफ्नो आर्थिक अवस्था अनुसार सके सम्म कम खर्चमा तीज मनाउन आग्रह गर्नुभएको हो । मौलिक तीज गीत र नृत्य हराउँदै गएको अवस्थामा राप्ती सोनारी गाउँपालिकाले विभिन्न विषयबस्तुमा आधारित तीज गीत प्रतियोगिता आयोजना गरेको प्रति उहाँले खुसी ब्यक्त गर्नुभयो । यस्तो कार्यक्रमलाई निरन्तरता दिन पनि उहाँले गाउँपालिकालाई सुझाव दिनुभयो ।

गाउँपालका उपाध्यक्ष मनिषा सिंह थारुको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथी, गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल, कोहलपुर नगरपालिका उप प्रमुख संगिता सुबेदी, बैजनाथ गाउँपालिका उपाध्यक्ष निमर्ला रोकाया, राप्ती सोनारी गाउँपालिका प्रथम उपाध्यक्ष धनी कुमारी खत्रीलगायतले शुभकामना मन्तब्य दिनुभएको थियो । सोही अवसरमा गाउँपालिकाले मौलिक तीजगीत प्रतियोगिता पनि सम्पन्न गरेको थियो । ‘कला संकृतिको संरक्षण गरौं’ भन्ने नारासहित तीजको मौलिक भाकामा महिला मानव अधिकार , महिला हिंसा, लैंगिक हिंसा, घरेलु हिंसा, अन्ध विश्वास, वाल विवाह, बहुविवाहलगायत विरुद्ध सचेतनामूलक शब्द समेटिएको गीत तथा नृत्य प्रतियोगिता गरिएको हो । प्रतियोगितामा बागेश्वरी वेस्टर्न सेकेन्डरी स्कूल राप्ती सोनारी २ मदुवाका छात्राहरु प्रथम, राप्ती सोनारी ५ का प्रगतीशिल महिला समूह द्वितिय र राप्ती सोनारी ८ का आमा समूह तृतिय भएका थिए । प्रतियोगी सबै समूहलाई नगद ४ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटा, राप्ती सोनारी ४ का वडा अध्यक्ष मिनराज खड्का, वडा नम्बर ५ का वडा अध्यक्ष झग्रु थारु, वडा नम्बर ६ का वडा अध्यक्ष लबराज खरेल, वडा नम्बर ७ का वडा अध्यक्ष रामलखन थारुलगायत विभिन्न महिला सहकारी संस्थाका पदाधिकारी, आमा समूहका महिला तथा ९ वटै वडाबाट महिलाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित सबैलाई तीजको दर समेत खवाईएको राप्ती सोनारी गाउापालिका महिला तथा वालवालिका शाखाका निमित्त प्रमुख हरिता ओलीले जानकारी दिनुभयो ।

