राप्तीसोनारी गाउँपालिकाले ‘लकडाउन’ अवधिमा अतिविपन्न परिवारलाई राहत ब्यवस्था गर्ने

0
201

बाँके, चैत्र २०
राप्ती सोनारी गाउँपालिकाले लकडाउनको अवधिमा अति विपन्न परिवारलाई राहतको ब्यवस्था गर्ने भएको छ । गाउँ कार्यपालिकाको आज ( बिहीबार ) बसेको बैठकले गाउँपालिकामा खाद्य भण्डार स्थापना गरेर अति विपन्न परिवारलाई राहत प्याकेजको ब्यवस्था गर्ने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष लाहु राम थारुको अध्यक्षतामा बसेको बैठकमा लकडाउनको अवधिमा दैनिक मजदुरी गरेर छाक टार्ने बर्ग सबै भन्दा प्रभावित भएको भन्दा राहात प्याकेजको ब्वस्था बारे छलफल भएको थियो । बैठबाट गाउँपालिकाको सबै वडाबाट अति विपन्न परिवारको लगत संकलन गरेर एकद्वार प्रणलीबाट राहत उपलब्ध गराईने निर्णय भएको छ ।

बैठकमा वडा अध्यक्षहरुले आ–आफ्नो वडामा कोरोना प्रभावित भारत लगायत अन्य देशबाट आएका स्थानियको बारेमा जानकारी गराउनुभएको थियो । गाउँपालिकाको वडा नम्बर दुईमा हाल भारत, ओमनलगायतका स्थानबाट १० जना स्थानिय फर्केर आएको वडा अध्यक्ष मदन वलीले जानकारी दिनुभयो । वडा नम्बर २ मा हाल सम्म पनि क्वारेन्टाईन स्थापना नगरिएकाले उनीहरुलाई सुरक्षित राख्न समस्या भएको अध्यक्ष वलीले बताउनु भयो । यसैगरी वडा नम्बर ९ मा बाहिरी देशबाट फर्केर आएका २४ जना रहेको वडा अध्यक्ष महावीर वलीले जानकारी दिनु भयो । यस्तै वडा नम्बर ५ मा ३२ जना र वडा नम्बर ८ मा ५ जना नेपाली भारत लगायत तेस्रो मुलकबाट फर्किएको जानकारी गराईएको थियो । उनीहरु सबैलाई यथासिघ्र क्वारेन्टाईनमा राख्न गाउँपालिका अध्यक्षले वडा अध्यक्षहरुलाई निर्देशन दिनुभएको छ ।

अघिल्लो लेखमाभारतीय क्वारेन्टाइनमा बस्न नेपालीको अस्वीकार
अर्को लेखमानरैनापुरमा ‘कोरोना भाइरस संक्रमण उपचार कोष’

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्