राप्ती सोनारी अन्तर्गत पर्ने खोलाकोे प्रारम्भिक वातावरणिय परीक्षण

0
111

बाँके (राप्ती सोनारी), भदौ १६-


बाँकेको राप्ती सोनारी गाँउपालिका अन्तर्गतका खोला, नदि र घाटको प्रारम्भिक वातावरणिय परीक्षण गरिएको छ । गाँउपालिकाको प्रश्तावनामा विएमएस–एडब्लुएएस–आरआइपिपिएलइ कन्सल्टेन्सीले गाँउपालिका भित्र रहेका नै वटा खोला तथा नदीको प्रारम्भिक वातावरणीय परीक्षण गरिएको हो । गाउँपालिकाका अनुसार मुगुवा खोला, खैरी खोला, टिकुलीपुर घाट र सिधनिया घाट, वग्दैला घाट, अलिनगर घाटको, खल्ला टपरी, जलला घाट र झिझरी खोलाको प्रारम्भिक वातावरणीय परीक्षण गरिएको छ । करिब ३ महिनाको अध्ययन पछि प्रारम्भिक वातावरणिय परीक्षण प्रतिवेदन तयार पारिएकोे वातावरण तथा सामाजिक व्यवस्थापन विज्ञ राजीव खनालले बताउनुभयो । खोला, बगर तथा घाटबाट दिगो र वातावरण मैत्री रुपले ढुंगा, गीट्टी, बालुवा लगायतका नदिजन्य पदार्थ उत्खनन् तथा संकलन गर्दा यो अध्ययन जरुरी रहेको उहाँले बताउनुभयो ।
गाँउपालिकाभित्र रहेका ९ वटै खोला, बगर, घाटबाट ढुंगा, गीट्टी, बालुवा लगायतका नदिजन्य पदार्थ उत्खनन् गर्ने भन्ने विषयमा नेपाल सरकारले तोके बमोजिमको मापदण्ड बनाइएको छ । वातावरण संरक्षण ऐन २०७६ तथा नियमावली २०७६ अनुसार, कुनैपनि क्षेत्रबाट दैनिक ३ सय घनमिटरसम्म नदिजन्य पदार्थ संकलन गर्नुपुर्व प्रारम्भिक वातावरणिय परिक्षण गनुपर्ने हुन्छ ।
राप्ती सोनारीमा रहेका नदिजन्य पदार्थ उत्खनन् कार्यमा चोरी निकासी बढी हुने गरेकाले यसतर्फ ध्यान दिँदै स्थानीय सरकारले अनुगमन, वृक्षारोपण, जनचेतनामुलक कार्यक्रम गर्न सक्नेगरी वातवरण व्यवस्थापनको योजना समेत निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।
अध्ययन पश्चात बुधबार सरोकारवालाहरुलाई जानकारी पनि गराइएको छ । राप्ती सोनारी गाँउपालिकाको आयोजनामा पालिकासँग जोडिएको बाँके राष्ट्रिय निकुन्ज, जिल्ला वनकार्यालय, सामुदायीक वन कार्यालय, गाँउपालिकाका अध्यक्ष, उपाध्यक्षलगायतका जनप्रतिनिधिहरुको सहभागितामा अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
उक्त प्रतिवेदन वातावरण तथा सामाजिक व्यवस्थापन विज्ञ खनालले प्रस्तुत गर्नुभएको हो । ढुंगा, गीट्टी, उत्खनन् तथा संकलनकार्य गाँउपालिकाको सबैभन्दा ठुलो आयश्रोतका रुपमा रहेको गाँउपालिकाले जनाएको छ । अवैध निकासी तथा चोरी पैठारी बढीरहेको अवस्थामा प्रारम्भिक वातावरणीय परिक्षणको जरुरी देखिएको गाँउपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले बताउनुभयो । प्रस्तुत प्रतिवेदन अनुसार समय समयमा अनुगमन गर्दै वातावरण संरक्षण गरिने उहाँले बताउनुभयो ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्