राप्ती सोनारीमा ४ सय ६१ जनालाई मोती विन्दूको समस्या

0
51


बाँके (राप्ती सोनारी) फागुन २


राप्ती सोनारी गाउँपालिमा सञ्चालन गरिएको निशुल्क आँखा शिविरमा दुई हजार बढीको आँखा परिक्षण गरिएको छ । राप्ती सोनारी गाउँपालिकाको समन्वय तथा तेज कोहली रुइत फाउण्डेशन काठमाण्डौको आर्थिक सहयोगमा फत्तेवाल आँखा अस्पताल फुल्टेक्रा नेपालगञ्जको आयोजनामा सञ्चालित शिवरमा जम्मा दुई हजार २ सय ७३ जनाको आँखा परिक्षण गरिएको हो ।

गत माघ २२ गतेदेखि गाउँपालिकाको ९ वटै वडामा सञ्चालन गरिएको निशुल्क आँखा शिविरमा ४ सय ६१ जनालाई मोती विन्दूको समस्या देखिएको शिविरमा खटिएका फत्तेवाल आँखा अस्पतालका डाक्टर छन्दुलाल थारुले जानकारी दिए । मोती विन्दु कुनै सरुवा रोग नभएर मानिसको उमेर बढ्दै गएपछि आफै हुने समस्या रहेको डाक्टरको भनाई छ । डाक्टर छन्दुलाल थारुका अनुसार ४५ वर्ष पुगेका मानिसहरुमा आँखा धमिलो हुँदै जान्छ र बेलैमा उपचार नगरे जलविन्दु भएर पछि आँखा नदेख्ने समस्या समेत हुन सक्छ । शिविर सञ्चालनका क्रममा धेरैले दुबै आँखामा समस्या भएपनि एउटा मात्र खाँखाको अप्रेशन गरेर बसेको पाईएको डाक्टरको भनाई छ । शिविरमा मोती विन्दुको समस्या देखा परेका सबैलाई फत्तेवाल खाँखा अस्पतालमा रेफर गरेको र कतिपयको अप्रेशन भईसकेको डाक्टर छन्दुलालले बताए । मोती विन्दुको अप्रेशन गर्दा एकजना बरावर ८ हजार शुल्क लाग्ने भएपनि राप्तीसोनारीको शिविरबाट अस्पतालमा रेफर गरिएका सबैको निःशुल्क अप्ररेशन गरिने डाक्टर थारुले बताए ।

अघिल्लो लेखमाराप्ती सोनारीमा निशुल्क आँखा शिविर , ३ सय ३१ जनालाई मोती विन्दुको समस्या
अर्को लेखमाबाँकेमा ६ लाख बढीलाई हात्तिपाइले रोग विरुद्धको औषधी खुवाइँदै

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्