बाँके, भदौ १२-
बाँके राष्ट्रिय निकुञ्जले पर्यटक भित्र्याउन नसकेको भन्दै सम्बद्धहरुले चिन्ता ब्यक्त गरेकाछन् । निकुञ्जले शनिवार नेपालगन्जमा आयोजना गरेको बाँके राष्ट्रिय निकुञ्ज र पर्यापर्यटन विषयक अन्तरक्रिया कार्यक्रममा बेल्ने बक्ताहरुले स्थापनाको एक दशक पुरा हुँदा सम्म पनि पर्यटक भित्र्याउन नसक्नु सबै पक्षको कमजोरी भएको बताएकाहुन् । सबै भन्दा कान्छो राष्ट्रिय निकुञ्जको रुपमा परिचित बाँके राष्ट्रिय निकुञ्जले लक्षय अनुसार छोटो समयमा सफलता प्राप्त गरिसकेकाले अव पर्यटकीय क्षेत्रका रुपमा ‘ब्राण्डिङ’ गर्नुपर्ने आवश्यकता बक्ताहरुले औंल्याए् । प्रमुख अतिथीको आसनबाट बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शमशेर राणाले नेपालमा आउने पर्यटकको दुस्मन नेपालीनै भएको ताए । उनले भने –‘यस क्षेत्रकोलागि प्रमुख पर्यटक भारतिय नागरिक हुन् तर भारतिय नागरिक ब्यक्तिगत गाडी प्रयोग गरेर नेपाल घुम्न आउँदा नाकामा ४ स्थानमा चेकजाँच गर्ने हाम्रो प्रशासनको नीति छ अनि कसरी आउँछन् पर्यटक ?’ धेरै भन्दा धेरै पर्यटक भित्र्याउनकोलागि सबै भन्दा पहिले सिमा क्षेत्रमा गरिने ब्यवहारमा परिवर्तन ल्याउनुपर्ने उनको सुझाव छ । बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको राप्तीसोनारी गाउँपालिका सबैभन्दा बढी पर्यटनको सम्भावना बोकेको बताउँदै मेयर राणाले राप्ती नदीमा अव जतिसके छिटो ¥याफ्टीङ तथा फिसिंङको सुरुवात गर्न आग्रह गरे । राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुलाई आग्रह गर्दै उनले भने –‘बाँके राष्ट्रिय निकुञ्ज तपाईको आँगनमा छ त्यसैले पर्या पर्यटनको सम्भावना धेरै छ, समसान घाट छिटो सार्नुस र अगैयामा ¥याफ्टीङ तथा फिसिंङको सुरुवात गर्नुस ।’ राप्ती सोनारीको पर्यटकिय क्षेत्रमा जग्गा उपलब्ध भए ठूला होटल ब्यावसायको पनि प्रचुर सम्भावना रहेकाले त्यस तर्फ चासो दिन अध्यक्ष थारुलाई उनले आग्रह गरे । नेपालगञ्ज उपमहानगरपालिका क्यासिनो सिटीको रुपमा विकास भईरहेको बताउँदै उनले क्यासिनोमा आउने भारतिय पर्यटकलाईलाई सहज रुपमा भित्रिने वातावरण बनाईदिन बाँकेका प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरे । बाँके राष्ट्रिय निकुञ्ज बबई र राप्ती नदीको वीचमा छ । यी दुई वटा नदीमा ¥याफ्टिङ गर्ने तयारी गरिएको छ । पर्यापर्यटनको विकास गर्न एक महिना भित्र ¥याफ्टिङको ब्यवस्था गर्न लागिएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए । उनले चार वटा बोट खरिद पछि संचालनको तयारी गरिएको स्पष्ट पारे । ‘तत्काल निर्णय गरेर राप्ती नदीमा ¥याफ्टिङको ब्यवस्था मिलाउने योजना रहेको उनले जानकारी दिए । राप्ती नदीमा ¥याफ्टिङका लागि यस अघि नै परीक्षण भइसकेको छ

कोरोनाको जोखिम कायमै रहेकाले सीमानाका खोल्न नसकिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । तेश्रो लहरको कोरोना संक्रमण आउँदै गरेको सुनिएको अवस्थामा तत्काल नाका खुला गर्न नसकिने उनको भनाई छ । केन्द्रकै आदेशमा सबै नाका बन्द रहेको अवस्थामा एउटा जिल्लाले मात्र नाका खोल्न सक्ने सम्भावना छैन, प्रमुख जिल्ला अधिकारी गेलालले भने –‘कोरोना महामारीपछि मात्र सोंच्न सकिन्छ ।’
कार्यक्रममा बाँके राष्ट्रिय निकुञ्जको परिचय, उद्देश्य , संरक्षणका प्रयास, उपलब्धी तथा आगामी कार्यदिशा बारेमा प्रस्तुती गर्दै निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले निकुञ्ज घुम्न आउनेहरुले प्रशस्त बन्यजन्तु, प्राकृतिक शौन्दर्यताका साथै स्थानीय संस्कृति हेर्न, विभिन्न परिकारको स्वाद लिन, हात्ती र जिप सफारी तथा ¥याफ्टिङ गर्न सकिने ब्यवस्था भए पनि प्रचार हुन नसक्दा निकुञ्ज ओझेलमा परेको बताए । उनले पाटे बाघ, चौका, एशियाली हात्ती, चितुवा, घोरल, हरिण लगायतका बन्यजन्तु निकुञ्जमा हेर्न र देख्न सकिने बताए । बाँके निकुञ्जका बन्यजन्तु हेर्नका लागि हात्ती र जीप सफारीका साथै निकुञ्ज भित्र २० वटा भ्यू टावर किसिमका मचान बनाइएको उनले बताए । हात्ती सफारीका लागि बाँके राष्ट्रिय निकुञ्जले ६ वटा घरपालुवा हात्ती दुई स्थानमा ब्यवस्था गरेको प्रमुख संरक्षण अधिकृत शाहले बताए । उनले जीप सफारी र हाईकिङ समेत गर्न सकिने बताए । बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य गरि बर्षेनी २५ हजार पर्यटक आउने गरेको निकुञ्ज प्रशासनले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जमा बार्षिक झण्डै दुई हजार पर्यटकमात्र आएको प्रमुख संरक्षण अधिकृत शाहले जानकारी दिए ।
‘नेपालमा आउने कुल पर्यटक मध्य ६० प्रतिशत पर्यटक निकुञ्ज क्षेत्रमा अवलोकन गर्ने एक प्रतिशत मात्र बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकनका लागि आउँछन् तर बाँके राष्ट्रिय निकुञ्ज गणनामा आउँदैन,’ तराई भू–परिधि कार्यक्रमका प्रमुख डा. रविन कडरियाले भने । बर्दियामा बाघ बढ्दै गएपछि पर्यटकको संख्या पनि बढिरहेको बताउँदै उनले बर्दियामा आएका पर्यटकलाई बाँके राष्ट्रिय निकुञ्ज सम्म ल्याउने वातावारण बनाउन सबै सरोकारवालालाई आग्रह गरे । बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्र ब्यवस्थापन समितीका अध्यक्ष गेहेन्द्र खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका सीईओ डाक्टर धनन्जय रेग्मीले रातीको समयमा पनि यातायातका साधन चल्नपाउने ब्यवस्था भए पर्यटक अवश्य भित्रिने बताए । उनले पर्यटकलाई गर्ने ब्यववहार होटल ब्यावसायीले पनि सुधार्न आवश्यक रहेको बताए । हेटल ब्यवसायीले पर्यटकहरुबाट सुविधा अनुसारको शुल्कमा एकरुपता ल्याउन सुझाव दिए ।