राप्ती सोनारीमा, मानवअधिकार समुहद्वारा सार्वजनिक सुनुवाई

0
106

धर्मराज खड्का (विष्णु)

बाँके, (राप्तीसोनारी) फागुन २०-


अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेकको मानव अधिकार समुहले शुक्रवार बाँकेको राप्ती सोनारी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । ईन्सेक मानव अधिकार समुह राप्ती सोनारीले शिक्षा,स्वास्थ्य खाद्य र आवास विषयक सार्वजनिक सुनुवाई गरेको हो । समुहका अध्यक्ष धन कुमारी ओलीको सभापतित्व एवं राप्ती सोनारी गाउँपालीकाको प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर शाहीको प्रमुख आतीथ्यमा भएको कार्यक्रको सुरुवातमा सहजकर्ता लक्ष्मी चौधरीले कार्यक्रमको उद्देश्य र महत्व बारे बताउनु भएको थियो । उहाँले मानिसकालागि शिक्षा, स्वास्थ्य, खाद्य र आवसको अधिकार प्रमुख विषय रहेको बताउँदै स्थानिय सरकारबाट पाईने सेवा सुविधाबारे सबैले जानकारी लिन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा सहभागीहरुले शिक्षा,स्वास्थ्य खाध्य र आवास सम्बन्धि गुनासा सम्बम्धित साखा प्रमुख समक्ष राखेका थिए ।

त्यसपछि कार्यक्रममा गाउपालीका अन्तरगतका बिभिन्न साखा प्रमुखले आफुले गर्ने काम कर्तब्य र विनियोजीत बजेट सम्बन्धि बिषय बस्तु पेश गर्नुका साथै छलफलमा उठेका गुनासा सम्बेधन गर्दै कही कतै कमजोरी भए आफुले खेल्नु पर्ने भूमिका सक्रियता पुर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । विभिन्न सरोकारवाला निकायका प्रतिनीधि एवं स्थानियवासीहरुको सहभागिता रहेको कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शाहीले स्थानियले गाउँपालिकाबाट प्रदन हुने सेवा प्रवाहका विषयमा जुनसुकै समयमा आफुकहाँ आएर गुनासो गर्न सक्ने बताउनु भयो । जसले गर्दा छिटो छरितो सेवा प्रदान गर्न तथा सुशासन कायम गर्न सहज हुने उहाँको भनाई थियो ।

अघिल्लो लेखमाराप्ती सोनारीमा अध्यक्ष कप सुरु
अर्को लेखमाचौथो राप्तीसोनारी अध्यक्ष कपको उपाधी लक्ष्मी मा.वि लाई

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्