राप्ती सोनारीमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन बारे पालिकास्तरीय कार्यक्रम सम्पन्न

0
103

बाँके, (राप्ती सोनारी) पौष १८-


बाँकेको राप्ती सोनारी गाँउपालिकामा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन’ विषयक पालिका स्तरीय अन्तरक्रिया कार्यकक्रम गरिएको छ । अख्तीयार दुरुपयोग अनुसन्धान आयोग लुम्विनी प्रदेश, सम्पर्क कार्यालय नेपालगंजका शाखा अधिकृत श्रीधर टण्डनको अध्यक्षता एवं राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलको प्रमुख आतिथ्यमा सोमबार कार्यक्रम गरिएकोे हो ।

पालिका स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले कानुन बमोजिम काम कारबाही गर्ने व्यक्ति अख्तियारसँग डराउन नपर्ने बताउनुभयो । सुशासन कुनै पनि लोकतान्त्रिक मुलुकको सार्वजनिक प्रशासनको एक महत्वपूर्ण आधारस्तम्भ रहेको बताउदै अध्यक्ष पौडेलले सार्वजनिक पदमा रहने जोकोहीलाई पनि आफ्नो जिम्मेवारीप्रति उत्तरदायी, जवाफदेही तुल्याउने तथा शासन प्रणालीलाई जनमुखी, परिणाममुखी, सुदृढ, सक्षम, पारदर्शी, भ्रष्टाचार शून्य सहनशीलता, नागरिकका गुनासा सम्बोधन, निर्णय प्रक्रियामा जनसहभागिता र प्रतिस्पर्धी बनाउने पद्धति नै सुशासन भएको जिकिर गर्नु भयो ।
नियम विपरीत आर्थिक क्रियाकलाप गर्ने, जनतालाई अनावश्यक दुःख दिने, आर्थिक प्रलोभनमा काम गर्नेलाई कारवाही गर्न जरुरी रहेको बताउदै अध्यक्ष पौडेलले राप्ती सोनारीलाई लक्षित गरी परेका सबै उजुरीलाई आफूले सकारात्मक रुपमा लिएको बताउनु भयो । उहाँले उजुरी पर्दैमा डराई हाल्नु पर्ने अवस्था नरहेकोले कानुन बमोजिम काम गरीरहन निर्देशन समेत दिनु भयो ।


कार्यक्रममा विशिष्ट अतिथी गाँउपालिका उपाध्यक्ष मनिषा सिंह थारुले अख्तियारको एक्लो प्रयासले मात्र भ्रष्टाचार नियन्त्रण नहुने हुँदा भ्रष्टचार रोक्न सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताउनु भयो । उहाँले पालिकाबाट आफूहरुले भ्रष्टाचार नियन्त्रण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिबहादुर खत्रीले भ्रष्टाचारलाई कम गर्न र सुशासन प्रवद्र्धन गर्न सरोकारवालाले सक्रियता देखाउनु पर्नेमा जोड दिनु भएको थियो ।
यस्तै कार्यक्रममा राप्ती सोनारी गाउँपालिका अन्तर्गतका वडा अध्यक्षहरुले राज्यको विकासका लागि भ्रष्टाचार नियन्त्रण र सुशासन अपरिहार्य भएको बताउँदै भ्रष्टाचारको समूल अन्त्य गर्दै सुशासन कायम गराउने कुरालाई आत्मसात् गर्नुपर्ने बताउनुभएको थियोे ।
अख्तीयार दुरुपयोग अनुसन्धान आयोग नेपालगंजका शाखा अधिकृत टण्डनले गलत नियतले कार्य गरी सार्वजनिक सम्पति हानी नोक्सानी गर्नेलाई कारवाई गर्ने बताउनु भयो । असल नियतले काम गरेको खण्डमा समान्य गल्तीहरुलाई क्षमय हुने उहाँको धारणा थियो । संविधान र ऐनले तोकिएको जिम्मेवारी पुरा गर्न अख्तियार लागी परेको उहाँले बताउनु भयो । भ्रष्टाचार गर्नेलाई निरुत्साहित गर्ने आ आफनो तर्फबाट पहल गर्न उहाँले आग्रह गर्नु भएको थियो । ट्रान्सपरेन्सी इन्टरनेसनलले निकाल्ने प्रतिवेदनमा नेपालमा भ्रष्टाचारको तथ्यांकका बारेमा जानकारीसँगै भ्रष्टाचारभित्र पर्ने विभिन्न सूचकहरूका बारेमा समेत डण्डनले जानकारी गराउनु भएको थियो ।
भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन गर्ने कार्यक्रममा पालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले आ–आफ्नो जिज्ञासा र गुनासो राख्दै अख्तियारलाई सुभाव समेत दिएका थिए । कार्यक्रममा गाँउपालिका अन्तरगतका सबै वडा अध्यक्ष, तथा कार्यपालिका सदस्यहरु विभिन्न विषयगत शाखाका प्रमुख, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमलाई अख्तीयार दुरुपयोग अनुसन्धान आयोग नेपालगंजका झलक केसीले सहजी करण गर्नुभएको थियो ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्