राप्ती सोनारीमा पनि मनाईयो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

0
37

बाँके (राप्ती सोनारी ) फागुन २४-


११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बाँकेको राप्ती सोनारी गाँउपालिकामा विविध कार्यक्रम गरी बुधबार मनाईएको छ । नेपालमा ‘लैङ्गिक समानतका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’ भन्ने राष्ट्रिय नाराका साथ राप्ती सोनारीमा महिलाहरुले पञ्चे बाजा बजाउँदै ¥याली प्रदर्शन गर्नुका साथै हाजीरी जवाफ प्रतियोगिता आयोजना गरेर मनाईएको हो । गाउँपालिका परिसरबाट सुरु भएको ¥याली अगैया बजार परिक्रमा गरि पुनः गाउँपालिकाको सभाहलमा पुगेर कार्यक्रम गरिएको थियो ।

राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारुको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी जिल्ला समन्वय समिती बाँकेका उपाध्यक्ष सीता कार्कीले अव हरेक महिलाले आफूसँग भएको ज्ञान, सीप र क्षमतलाई उजागर गर्न आवश्यक रहेको बताउनुभयो । महिला दिवसकै दिन महिलाहरुले मुक्तिका लागि आन्दोलन सुरु गरेको स्मरण गराउँदै उहाँले पछिल्लो समय महिला नेतृत्व वृद्धि हुँदै गएपनि संविधानमा उल्लेख गरिएका अधिकार प्राप्तीकालागि महिलाहरुले संघर्ष गर्नुपरिरहेको बताउनुभयो । यस्तै विशिष्ट अतिथी राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले महिलाहरु आर्थिक रुपमा बलियो नहुँदासम्म हरेक किसिमका शोषणमा परिरहने जीकिर गर्नुभयो । पछिल्लो समय पितृसत्तात्मक सोचमा सुधार हुँदै गएको अवस्थामा अव हरेक महिलाहरुले आर्थिक रुपमा आत्म निर्भर बन्ने तर्फ केन्द्रित हुन उहाँको सुझाव थियो । महिलाहरुलाई लक्षित गरि महिला सशक्तिकरण र विभिन्न आयआर्जन तथा सिपमुलक तालिम गाउँपालिकाले सञ्चालन गरिरहेकोको जानकारी दिँदै उहाँले महिलाको हक अधिकार सुनिश्चित गराउन राप्ती सोनारी गाँउपालिका प्रतिबद्ध रहेको बताउनुभयो । यस्तै कार्यक्रमलाई संबोधन गर्दै राप्ती सोनारी गाउँपालिकाको प्रथम उपाध्यक्ष धनी कुमारी खत्रीले समाज पितृसत्तात्मक तथा पुरुषप्रधान भएकै कारण महिलाहरुमाथि शोषण भइरहेको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका अन्तर्गतका नौवटै वडामा रहेका एकल महिला तथा विभिन्न क्षेत्रमा उदाहरणिय काम गर्न सफल १३ जना महिलालाई सम्मान गरिएको थियो । यसैगरी राप्ती सोनारी गाउँपालिकाको प्रथम उपाध्यक्ष धनी कुमारी खत्रीलाई पनि कदर पत्रले सम्मान गरिएको थियो ।
यस्तै दिवसका अवसरमा आयोजना गरिएको हाजिरी जवाफ प्रतियोगितामा ५ वटा समुहको सहभागिता रहेको थियो । जस मध्य राप्ती सोनारी ४ का महिला प्रथम, नेपाली सेना अर्जुन बाण गण शमशेरगज्का महिला द्वितिय र राप्ती सोनारी १ का महिला तृतिय भएका थिए भने राप्ती सोनारी ८ का महिला सानतोना पुरस्का प्राप्त गरेका थिए । प्रथम, द्वितिय, तृतिय हुन सफल महिलाहरुको समुहलाई क्रमशः ७ हाजार, ६ हजार र ५ हजार नगद सहित प्रमान पत्र प्रदान गरिएको थियो भने चौथो हुनेलाई सान्तोना पुरस्कार ३ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

अघिल्लो लेखमाबाँकेको नरैनापुरमा ३६५ जनालाई मोती विन्दुको समस्या, सबैको निशुल्क अप्रेशन
अर्को लेखमाप्रजनन् स्वास्थ्य सम्बन्धी अभिमुखीकरणसँगै पत्रकार महिलालाई सुत्केरी भत्ता

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्