राप्ती सोनारीमा निशुल्क आँखा शिविर , ३ सय ३१ जनालाई मोती विन्दुको समस्या

0
58


बाँके (राप्ती सोनारी) माघ २९
बाँकेको राप्ती सोनारी गाउँपालिकामा सञ्चालित निशुल्क आँखा शिविरमा हाल सम्म ३ सय ३१ जनालाई मोती विन्दुको समस्या देखिएको छ । राप्ती सोनारी गाउँपालिकाको समन्वय तथा तेज कोहली रुइत फाउण्डेशन काठमाण्डौको आर्थिक सहयोगमा फत्तेवाल आँखा अस्पताल फुल्टेक्रा नेपालगञ्जको आयोजनामा गत माघ २२ गतेदेखि सञ्चालित निशुल्क आँखा शिविरमा ३ सय ३१ जनालाई मोती विन्दुको समस्या देखिएको हो ।

राप्ती सोनारी –१ खास कुश्मा स्वाथ्य चौकीबाट गत माघ २२ गते सुरु भएको शिविर हाल ७ वटा वडामा सम्पन्न भएको छ । ७ वटा वडामा जम्मा एक हजार ६ सय २८ जनाको आँखा जाँच गर्दा ४५ बर्ष माथि उमेर समुहका ३ सय ३१ जनालाई मोती विन्दुको समस्या देखिएको शिविरमा खटिएका फत्तेवाल आँखा अस्पतालका डाक्टर छन्दुलाल थारुले जानकारी दिए । मोती विन्दु कुनै सरुवा रोग होईन, डाक्टर थारुले भने –‘यो मानिसको उमेर बढ्दै गएपछि आफै हुने समस्या हो, जुन ४५ वर्ष पुगेका मानिसहरुमा आँखा धमिलो हुँदै जान्छ र बेलैमा उपचार नगरे जलविन्दु भएर पछि आँखा नदेख्ने समस्या हुन सक्छ ।’ शिविरमा मोती विन्दुको समस्या देखा परेका सबैलाई फत्तेवाल खाँखा अस्पतालमा रेफर गर्दै आएको र कतिपयको अप्रेशन भईसकेको डाक्टर छन्दुलालले बताए ।

मोती विन्दुको अप्रेशन गर्दा एकजना बरावर ८ हजार शुल्क लाग्ने भएपनि राप्तीसोनारीको शिविरबाट अस्पतालमा रेफर गरिका सबैको निःशुल्क अप्ररेशन गरिने डाक्टर थारुले बताए । राप्ती सोनारी ७ फत्तेपुरमा फागुन १ गते र आधारभुत स्वाथ्य केन्द्र कमैया डाडामा फागुन २ गते शिविर सञ्चालन गरेपछि समापन हुने आयोजक फत्तेवाल आँखा अस्पतालले जनाएको छ ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्