राप्ती सोनारीमा अब्यवस्थित बसोवासीहरुको नापजाँच सुरु

0
303

बाँके (राप्ती सोनारी ), चैत्र ४-
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर– ३ मा अब्यवस्थित बसोवासी तथा भूमिहिन सुकुम्बासीहरुको नापजाँच आजबाट सुरु भएको छ । राप्ती सोनारी ३ बैशाबाट नापजाँच सुरु भएको हो । राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल तथा उपाध्यक्ष मनिषा सिंह थारुले जग्गा नाप्ने उपकरणमा अगरबत्ती बालेर उद्घाटन गरेपछि राष्ट्रिय भूमि आयोग शाखा, राप्तीसोनारीका कर्मचारीले नापजाँच सुरु गर्नुभएको छ ।

फोटोः धर्मराज खड्का, रेडियो भूवरभवानी

गत चैत्र ६ गते राप्ती सोनारी ३ अन्तर्गतका दलित, भूमिहिन सुकुम्बासी तथा अब्यवस्थित बसोवासीहरुलाई निस्सा वितरण गरिएकोमा अहिले नापजाँच सुरु गरिएको गाउँपालिका अध्यक्ष पौडेलले जानकारी दिनुभयो । राप्ती सोनारी गाउँपालिका अन्तर्गतका सबै दलित, भूमिहिन सुकुम्बासी र अब्यवस्थित बसोवासीहरुको फारम संकलन पश्चात गाउँपालिकाले मालपोत कार्यालयमा दुईजना कर्मचारी राखेर स्क्रीनिङ गर्न लगाएको थियो । फारम भरेका मध्यमा स्क्रीनिङ गर्दा कतिपयको नाममा जग्गा देखिएको थियो, अध्यक्ष पौडेलले भन्नुभयो – ‘जसको नाममा एक धुरपनि जग्गा छैन उहाँहरुको तिन पुस्ते विवरण भरेर पठाएका छौं ।’ वास्तविक भूमिहिन सुकुम्वासीलाई निस्सा वितरण भईसकेकाले अव नापजाँच गरेर नापी कार्यालयले काम अघि बढाउने अध्यक्ष पौडेलले बताउनुभयो । ३ नम्बर वडा कार्यालयले सक्रियतापूर्वक भूमिहिन सुकुम्बासीको लगत संकलनलगायतका काम सकेकाले सबैभन्दा पहिले ३ नम्बर वडाबाटै आयोगको काम अगाडी बढेको भध्यक्ष पौडेलको भनाई छ । राप्ती सोनारी ३ मा पूर्जा वितरण प्रक्रिया सम्म पुगेपछि अन्य वडामा पनि छिट्टै सुरु गरिने उहाँले बताउनुभयो । गत चैत ६ गते राप्ती सोनारी ३ अन्तर्गतका २६ जना दलित, ३९ जना भूमिहिन सुकुम्वासी र ७ सय २५ जना अब्यवस्थित बसोवासीलाई निस्सा वितरण गरिएको –३ नम्बर वडाका वडा अध्यक्ष मिन कुमार थारुले बताउनुभयो । छुटपुट भएका करिव १२ जना अब्यवस्थित वसोवासीलाई पुनः फारम भर्न लगाएर निस्सा वितरण गरिसकेको अध्यक्ष थारुले जानकारी दिनुभयो ।

अघिल्लो लेखमाराप्ती सोनारीमा न्युन बिद्यार्थी संख्या भएका बिद्यालयको कक्षा मिलान गर्ने प्रक्रिया सुरु
अर्को लेखमाकरिब पाँच किलो अवैध सुनका गहनासहित नेपालगञ्जबाट दुई जना पक्राउ

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्