राप्ती सोनारीमा अध्यक्ष कप सुरु, ६२ विद्यालयको सहभागिता

0
153


बाँके, (राप्ती सोनारी) माघ ६-


बाँकेको राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले खेलकुद विद्यालयको अनुशासनसँग जोडिएको विषय भएको बताउनुभएको छ । राप्तीसोनारी गाउँपालिकामा शुक्रबारबाट सुरु भएको १५ औं राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगिताको छौट तथा ५ औंै राप्ती सोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै उहाँले अनुशासन पालाना गरि आगामी दिनमा सबै विद्यालयले सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो । गाउँपालिका अन्तर्गतका विद्यालय ७१ को हाराहारीमा रहेपनि प्रतियोगितामा सहभागी विद्यालयको संख्यामा कमी आउनु बहसको विषय भएको बताउनुभयो । गाउँपालिका स्तरीय रनिङ शिल्ड खेलकुद प्रतियोगिताको निरन्तरताले नै राप्ती सोनारीमा दर्जनौं राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीको पहिचान भएको स्मरण गराउँदै उहाँले खेलकुदसँगै सबै विद्यालयमा गुणस्तरिय शिक्षाको विकासमा बहस गर्न आवश्यक रहेको औंल्याउनुभयो । राप्ती सोनारी गाउँपालिकाले शिक्षकहरुको लागि ठूलो लगानी गरेको तर त्यो लगानी अनुसार प्रतिफल आउन नसकेको बताउनुभयो । कलिला उमेरका विद्यार्थीलाई संरक्षण गर्ने दायित्व स्थानिय सरकारको रहेको पौडेलले बताउनुभयो । उहाँले भन्नु भयो ‘हामीले शिक्षालाई पहिलो प्राथमिकतामा राखेका छौं, आगामी दिनमा प्राविधिक धार पढाई हुने विद्यालयको संख्या बढाउने योजनालाई कार्यान्वयनमा ल्याउन सबैको समर्थन आवश्यक छ ।’

राप्ती सोनारी–२ अगैया स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगिता उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै पूर्व मन्त्री प्रेम बहादुर भण्डारीले प्रतिस्प्रधाको युगमा हरेक खेलाडीले आफ्नो पढाई सँगै कडा मेहनत र अनुशासित भएर खेल्न सुझाव दिनुभयो । अनुशासित र कर्तब्य निष्ठ भएर खेल्ने खेलाडी नै देशको गहना भएको उदाहरण दिँदै उहाँले देशमा परिवर्तन ल्याउन सर्बप्रथम शैक्षिक र खेलकुदमा सुधार ल्याउनुपर्ने आवश्यकता औल्याउनुभयो । स्थानिय स्तरका खेलाडीहरु नै भविष्यमा जिल्ला, क्षेत्र, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरको प्रतिस्प्रधामा जान सक्ने हौसला दिँदै उहाँले कुनै पूर्वाग्रह नराखी खेलको नियम अनुसार खेल्न र खेलाउन आग्रह गर्नुभयोे ।
नेपाल राष्ट्रिय मावि अगैयाका विद्यालय ब्यवस्थापन समिती अध्यक्ष अर्जुन के.सीको अध्यक्षमा भएको प्रतियोगिता उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारुले गाउँपालिकाले शिक्षामा लगानी गरेर मात्र शैक्षिक तथा खेलकुद क्षेत्रको विकास नहुने बताउनुभयो । खेलकुदसँगै विद्यार्थीले पढाईमा पनि चासो दिनु पर्ने र विद्यालय ब्यवस्थापन समिती तथा अभिभावकले पनि यसलाई महत्वका साथ लिनुपर्ने बताउनुभयो । त्यसैगरी राप्तीसोनारी गाउँपालिकाका प्रथम अध्यक्ष लाहुराम थारुले पालिका स्तरिय प्रतियोगितालाई एउटा पर्वको रुपमा मनाउन आवश्यक रहेको बताउनुभयो । यसअघि गाउँपालिकाले शिक्षा र खेलकुदमा गरेको लगानीलाई बढाउँदै निरन्तरता दिन उहाँले आग्रह गर्नुभयो ।


राप्तीसोनारी गाउँपालिकाको आयोजना तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले व्यवस्थापन तथा सञ्चालन गरेको प्रतियोगितामा गाउँपालिका अन्तर्गतका ६२ वटा विद्यालयको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले पन्चे बाजा, आकर्षक झाँकीका साथै सांस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गरेका थिए । साथै कार्यक्रममा २० वटा विद्यालयहरुले मार्चपास गर्दै गाउँपालिका अध्यक्षलाई सलामी अर्पण गरेका थिए । उद्घाटनको पहिलोदिन शुक्रबार १ देखि ३ कक्षाको गणित दौड, ४ र ५ कक्षाको गणित दौड, आधारभूत तहको एक सय, दुई सय मिटर दौड, सय मिटर, दुई सय मिटर र चार सय मिटरको सेमि फाइनल खेल भएको आयोजक विद्याय नेरा मावी अगैयाका प्रधान अध्यापक ओम प्रकाश पुनले जानकारी दिनुभयो । प्रतियोगितामा आधारभूतको तहको १ देखि ३ कक्षासम्म एवं ४, ५ कक्षाको फरक–फरक गणित दौड प्रतियोगिता समावेस गरिएको छ । यसैगरी आधारभूत तह १ देखि ८ मा सय मिटरको दौड, दुई सय मिटरको दौड र चार सय मिटरको दौड, माध्यमिक तहको हकमा सय, दुई सय, चार सय, आठ सय मिटर, १५ सय मिटर दौड र तीन हजार मिटर दौड समावेश गरिएको छ । यसैगरी चार गुणा एक सय मिटर रिले दौड र चार गुणा चार सय मिटर रिले दौड पनि माध्यमिक तहका लागि समावेश गरिएको छ । यस्तै लङ जम्प, हाइजम्प, ट्रिपल जम्प, सटपुट र ज्याभ्लिङ थ्रो पनि माध्यमिक तहका लागि समावेश गरिएको छ । प्रतियोगिता ९ गतेसम्म सन्चालन हुने आयोजक समितिले जनाएको छ । प्रतियोगिता उद्घाटन कार्यक्रमको रेडियो भूवरभवानीले प्रत्यक्ष प्रशारण गरेको थियो ।

अघिल्लो लेखमासरस्वती मावि भवनियापुरमा भूपू विद्यार्थी समाज गठन
अर्को लेखमाराष्ट्रिय खेलाडीलाई राप्ती सोनारी गाउँपालिकाले ग¥यो नगद सहित सम्मान

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्