राप्ती सोनारीमा अध्यक्ष कप सुरु

0
219


बाँके, (राप्तीसोनारी) फागुन १८-


चौथो राप्ती सोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता बुधबारबाट सुरु भएको छ । राप्ती सोनारी–२ मदुई स्थित लक्ष्मी माध्यमिक विद्यालयको खेल मैदानमा १४ औं राष्ट्रपति रनिङ शिल्ड छनौट तथा चौथौं अध्यक्ष कप खेलकूद प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको समुद्घाटन राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले खेलकुद र शिक्षा क्षेत्रको सर्वाङ्गीण विकासकालागि आफुले कुनै कसर बाँकी नराखेको बताउनुभयो । मेरो कार्यकालमा अहिले सम्म शिक्षा, स्वाथ्य र खेलकुदको विकासकालागि के कति गरेँ यी सबै भनिरहन आवश्यक ठान्दैन, उहाँले भन्नु भयो –‘ विद्यालयको भौतिक संरचना, शैक्षिक गुणस्तर र खेलकुदको विकासमा आएको परिवर्तनले आफै मुल्यांकन गर्नुहोला ।’


यस्तै उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनी कुमारी खत्रीले वालवालिकाको सर्वाङ्गीण विकासकालागि शिक्षासँगै खेलकुद अति आवश्यक रहेको बताउनुभयो । खेलकुदले स्वस्थ रहन र अनुसाशनको पलना गर्न सिकाउने भएकाले स्वाथ्यकालागि खेल कुद र राष्ट्रकोलागि खेलकुद भन्ने नरा रहन गएको उपाध्यक्षको भनाई थियो ।
यसैगरी शुभकामना मन्तब्य दिँदै पूर्व मन्त्री प्रेम बहादुर भण्डारीले खेललाई खेलका सबै नियमलाई आत्म सात गरेर खेल्न सबै छात्र छात्रालाई सुझाव दिनुभयो । स्थानिय स्तरका खेलाडीहरु भविष्यमा जिल्ला, क्षेत्र, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा पनि प्रतिस्प्रधामा जान सक्ने हौलिा दिँदै उहाँले कुनै पूर्वाग्रह नराखी खेलको नियम अनुसार खेल्न र खेलाउन आग्रह गर्नुभयो ।
उद्घाटन समारोहको समापन गर्दै लक्ष्मी मावि मदुईका विद्यालय ब्यवस्थापन समिती अध्यक्ष तप्त पौडेलले तेस्रो पटक रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन गर्न पाउँदा खशी ब्यक्त गर्नुभयो । यस अघि सदरमुकाम अर्थात शहरमा मात्र हुँदै आएको विरेन्द्र रनिङ शिल्ड खेलकुद प्रतियोगिता पहिलोपटक लक्ष्मी माविले २०४३ सालमा आयोजना गरेको स्मरण गराउँदै अध्यक्ष पौडेलले २०६७ सालमा चौथो राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगिता र अहिले पनि अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजनाको जिम्मेवारी पाउँदा गर्व महसुस भएको बताउनुभयो ।
लुम्बिनी प्रदेशमा प्रस्तावित नमुना विद्यालय लक्ष्मी माध्यमिक विद्यालयले व्यवस्थापन तथा सञ्चालन गरेको प्रतियोगितामा गाउँपालिका अन्तर्गतका ५४ वटा विद्यालयको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले पन्चे बाजा, आकर्षक झाँकीका साथै सांस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गरेका थिए । साथै कार्यक्रममा डेढ दर्जन विद्यालयहरुले मार्चपास गर्दै गाउँपालिका अध्यक्षलाई सलामी अर्पण गरेका थिए ।


लक्ष्मी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक गणेश वलिका अनुसार पहिलोदिन बुधबार १ देखि ३ कक्षाको गणित दौड, ४ र ५ कक्षाको गणित दौड, आधारभूत तहको एक सय, दुई सय मिटर दौड, सय मिटर, दुई सय मिटर र चार सय मिटरको सेमि फाइनल खेल भएका छन् ।

प्रतियोगितामा आधारभूतको तहको १ देखि ३ कक्षासम्म एवं ४, ५ कक्षाको फरक–फरक गणित दौड प्रतियोगिता समावेस गरिएको छ । यसैगरी आधारभूत तह १ देखि ८ मा सय मिटरको दौड, दुई सय मिटरको दौड र चार सय मिटरको दौड, माध्यमिक तहको हकमा सय, दुई सय, चार सय, आठ सय मिटर, १५ सय मिटर दौड र तीन हजार मिटर दौड समावेश गरिएको छ । यसैगरी चार गुणा एक सय मिटर रिले दौड र चार गुणा चार सय मिटर रिले दौड पनि माध्यमिक तहका लागि समावेश गरिएको छ । यस्तै लङ जम्प, हाइजम्प, ट्रिपल जम्प, सटपुट र ज्याभ्लिङ थ्रो पनि माध्यमिक तहका लागि समावेश गरिएको छ । प्रतियोगिता २१ गतेसम्म सन्चालन हुने आयोजक समितिले जनाएको छ । प्रतियोगितामा सहभागी टाढाका विद्यार्थिहरुका लागि विद्यालयले बसाईको व्यवस्थासमेत गरिएको छ ।

अघिल्लो लेखमाहरियाली सामुदायिक वन को १६ औं बार्षिक साधारणसभा सम्पन्न
अर्को लेखमाराप्ती सोनारीमा, मानवअधिकार समुहद्वारा सार्वजनिक सुनुवाई

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्