राप्ती सोनारीको ६ नम्बर वडा पनि वालविवाह मुक्त घोषणा

0
39


बाँके, (राप्तीसोनारी) मंसिर १३-


बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ लाई सोमबार बालविवाह मुक्त वडा घोषणा गरिएको छ । राप्ती सोनारीको वडा नम्बर ६ पालिकाको तेस्रो बालविवाह मुक्त वडा घोषणा भएको हो । वडा नम्बर ६ का वडा अध्यक्ष जनक बहादुर थारुको अध्यक्षता एवं राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनी कुमारी खत्रीको प्रमुख आतिथ्यतामा वडालाई वालविवाह मुक्त घोषण गरिएको हो ।

कार्यक्रममा वडाध्यक्ष थारुले बाल विवाहमुक्त वडा घोषणा तथा प्रतिबद्धता पढेर सुनाएपछि पालिका उपाध्यक्ष खत्रीले उक्त प्रतिबद्धतापत्र वडालाई हस्तान्तरण गरि वडालाई वालविवाह मुक्त घोषणा गर्नुभएको हो । घोषणासभामा सर्वेक्षण प्रतिवेदन प्रस्तुत गर्दै स्याक नेपालका बालविवाह रोकथाम परियोजना प्रमुख जगदिश थापाले वडामा पछिल्लो एक वर्षमा ५ प्रतिशत मात्र बालविवाह भएको बताउनुभयो । २० प्रतिशत भन्दा कम बालविवाह भएको अवस्थामा बालविवाह मुक्त घोषणा गर्न मिल्ने निर्देशिका अनुसार राप्ती सोनारी ६ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको थापाले बताउनुभयो । घोषणा सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष खत्रीले बालविवाह शून्यमा झार्न सबैको उत्तिकै दायित्व हुने बताउनुभयो । पालिालिका अन्तर्गतका अन्य वडालाई पनि अबको केही महिना भित्र बालबिवाह मुक्त घोषणा गर्ने तयारी भई रहेको बताउँदै उहाँले राप्ती सोनारी गाउँपालिकालाईयसै बर्ष पूर्णरुपमा बालबिवाह मुक्त गरिसक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर शाहीले राप्ती सोनारीको तेस्रो वडाका रुपमा वडा नम्बर ६ बालविवाह मुक्त वडा घोषणा भएको जानकारी दिँदै बालविवाह मुक्त अभियानमा स्याक नेपालले खेलेको भूमिका अत्यन्तै प्रशंसनीय रहेको बताउनुभयो ।

राप्ती सोनारी गाउपालिका वडानं. ६ को बिभिन्न टोलमा १ सय ५० जनामा गरिएको सर्भेक्षणको आधारमा बालअधिकार संरक्षण समितिको सिफारिसमा सो वडालाई बालबिवाह मुक्त वडा घोषणा गरिएको गाउपालिकाका वडा नं. ६ का वडाध्यक्ष जनक बहादुर थारुले जानकारी दिनुभयो । वडामा गरिएको सर्बेक्षण अनुसार २० प्रतिशतभन्दा तल अर्थात सो वडामा १९ दशमलव १० प्रतिशत बालबिवाहको अवस्था रहनुका साथै बालबिवाह सम्बन्धी रणनीति जारी, बाल संरक्षण नीति लागू, बालबिवाह मुक्त अभियान सञ्चालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेको लगायतका मापदण्ड पूरा भएकाले वडालाई बाल विवाहमुक्त घोषणा गरिएको हो । ‘हामी सबैको प्रतिबद्धता बालविवाह बिरुद्धको साझा प्रतिवद्धता’ भन्ने मूल नाराकावाल विवाह साथ बाँकेका अन्य पालिकाहरुका विभिन्न वडाहरुलाई पनि वालविवाह मुक्त घोषणा गर्ने क्रम जारी छ ।

अघिल्लो लेखमाथारु समुदाय अन्तर्गत रझेट्या कुसुम्या समाजको बार्षिक सम्मेलन राप्ती सोनारीमा
अर्को लेखमाराप्तीसोनारीका जेष्ठ नागरिकले वडाबाटै परिचय पत्र लिँदै

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्