राप्ती सोनारीका सबै वडामा निशुल्क आँखा शिविर

0
39

बाँके, (राप्तीसोनारी)पौष २६-


बाँकेको राप्ती सोनारी गाउँपालिकामा सोमबारदेखि निशुल्क आँखा शिवर सञ्चालन भएको छ । डाक फाउन्डेशनको सहकार्यमा राप्ती सोनारी गाउँपालिका र पत्तेवाल आँखा अस्पतालको संयुक्त आयोजनामा गाउँपालिकाको सबै वडामा आँखा शिविर सञ्चालन गरिएको हो ।

शिविरको पहिलो दिन गाउँपालिका अन्तर्गत वडा नम्बर १ खासकुस्मामा गाउँपालिका अध्यक्ष लाहुराम थारुले शिवरको उद्घाटन गरेका थिए । खासकुस्मा स्वाथ्य चौकीमा सञ्चालन गरिएको निशुल्क शिविरमा २०१ जनाले आँखा जाँच गराएको फत्तेवाल आँखा अस्पतालका डाक्टर छन्दुलाल थारुले जानकारी दिए । ती मध्य ३८ जनामा मोती विन्दुको समस्या देखिएकाले फत्तेवाल अस्पतालमा रेफर गरिएको डाक्टर थारुले जानकारी दिए ।

शिविरबाट अस्पतालमा रेफर गरिका सबैको निशुल्क अप्ररेशन गरिने पनि डाक्टर थारुले बताए । वडा नम्बर एक पछि पौष २७ गते वडा नम्बर २ कचनापुर स्वाथ्य चौकी, २८ गते आधारभूत स्वाथ्य चौकी समशेरगंज, २९ गते महादेवपुरी स्वाथ्य चौकी ढकेरी, ३० गते राप्ती सोनरी ३ स्थित आधारभूत स्वाथ्य केन्द्रमा शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको बताईएको छ । यसैगरी आगामी माघ ४ विनौना स्वाथ्य चौकी, माघ ५ गते फत्तेपुर स्वाथ्य चौकी फत्तेपुर, माघ ६ गते आधारभूत स्वाथ्य चौकी कमैया डाडा र माघ ७ गते राप्ती सोनारी अस्पताल बैजापुरमा शिविर सञ्चालन गरिने फत्तेवाल आँखा अस्पतालले जनाएको छ । गाउँपालिका अन्तर्गत सबै वडामा सञ्चालन गरिने शिविर ४० बर्ष भन्दा माथि उमेर समुहका मानिसहरुकोलागि लाभदायक रहेको चिकित्सकहरुको भनाई छ ।

अघिल्लो लेखमाबाँकेको राप्तीसोनारीमा पहिलोपटक असाहय वालसंरक्षण केन्द्र स्थापना
अर्को लेखमाराप्ती सोनारी गाउँपालिकाको दशौं गाउँसभामा ५ वटा विधेयक पेश

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्