राप्ती नदीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

0
194


बाँके, (राप्ती सोनारी साउन) ९-

फोटोः ईश्वरी के.सी


पूवी क्षेत्रमा परेको अविरल बर्षाले राप्ती नदीमा मंगलबार पानीको सतह बढेर सतर्कता तह नजिक पुगेको छ । नदीमा पानीको सतह बढेपछि जिल्ला विपद व्यवस्थापन समिति बाँकेले राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले आज एक सूचना जारी गर्दै राप्ती नदीको बहाब एक्कासी बढेर ५.४५ मिटर माथि पुगेकाले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउनुका साथै नदीमा माछा मार्ने, नुहाउने, ओहोरदोहोर गर्ने, दाउरा सङ्कलन गर्ने जस्ता कार्य नगर्न आग्रह गर्नुभएको छ । राप्ती नदीको माथिल्लो तटीय क्षेत्रमा पछिल्लो १२ घण्टादेखि भारी वर्षा भइरहेको सूचना जल तथा मौसम विज्ञान विभागले दिएको उल्लेख गर्दै आचार्यले सतर्कता अपनाउन आग्रह गर्नुभएको हो ।


जल तथा मौसम विज्ञान विभागले यस बर्ष राप्तीको कुसुमस्थित जलमापन केन्द्रको थ्रेसहोल्ड परिवर्तन गरी सतर्कता तह ६ मिटर र खतरा तह ७.८ मिटर कायम गरेको छ । राप्ती नदीमा पानीले खतरा तह पार गरे राप्तीसोनारी गाउँपालिकाको बैसा, नवलपुर, सिनाबाज, साहीपुर, लालपुर, बिनौना, फत्तेपुर, कचनापुर, टिकलीपुर तथा डुडुवा गाउँपालिकाको होलिया, चौफेरी, बेतहनी, कम्दी लगायत क्षेत्र डुबानमा पर्ने गरेका छन् । राप्ती सोनारी गाउँपालिकाले, बाढी र डुवानको कारण कुनै समस्या भएमा तुरुन्त गाउँपालिकाको विपद ब्यवस्थापन सम्पर्क ब्यक्ति अथवा ९८५८०२५९८० मा सम्पर्क गर्न आग्रह गरेको छ । राप्ती नदीमा पानीको सतह बढेपछि, बाढी तथा डुवालबाट बच्ने उपाय बारे गाउँपालिकाले स्थानिय सामुदायिक रेडियो भूवरभवानी मार्फत सन्देशमूलक सूचना पनि प्रशारण गरिरहेको छ ।

फोटोः ईश्वरी के.सी

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्