बाँके (राप्ती सोनारी ) असार २२-

राप्ती सोनारी गाउँपालिका – ५ इन्टेक नजिकै नुहाउने क्रममा एक जना डुवेर बेपत्ता भएकाछन् । विहान साढे ९ बजे घाँस काट्न गएका राप्ती सोनारी – ५ गोरधुई निवासी २६ बर्षिय नर बहादुर कामी नुहाउने क्रममा डुवेर बेपत्ता भएका हुन् । वेपत्ता भए लगत्तै कामीको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय धामपुरले जनाएको छ । डुवेको स्थान देखि दुई किलोमिटर भन्दा पश्चिम राप्ती नदीमा खोजी गरेपनि फेला पार्न नसकिएको ईलाका प्रहरी कार्यालय धामपुरका प्रहरी नायव निरिक्षक प्रविण डिसीले रेडियो भूवरभवानीलाई जानकारी दिनुभयो । सशस्त्र प्रहरी वल राप्ती सोनारी – १ कुसुमबाट दुईजना, ईलाका प्रहरी कार्यालय धामपुरबाट सात जनाको टोलीसहित स्थानिय वासिन्दाले कामीको खोजीकार्य जारी राखेको प्रहरी नायव निरिक्षक डिसीले बताउनुभयो ।