राप्तीसोनारी ५ मा चुलो नबल्ने र किरिया पुत्रीलाई राहत

0
410

तारा ओली

(राप्तीसोनारी), बैशाख २४-
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ मा चुलो बाल्न नसकेका र किरिया पुत्रीलाई तेस्रो चरणको राहत वितरण गरिएको छ । उक्त वडाका ६० घरधुरीलाई तेस्रो चरणको राहत वितण गरिएको वडा नम्बर ५ का वडाअध्यक्ष झगरु थारुले जानकारी दिनु भएको छ । उक्त वडाको बिनौना, अलीनगर, चिलरिया, चाचरफर्का, टडुवामा राहत वितरण गरिएको हो ।

यस्तै गोरधुई गाउँका किरियापुत्रीको घरमै पुगेर २५ किलो चामल, ३ किलो दाल, आलु, तेल वितरण गरिएको छ । सो क्रममा वडाअध्यक्ष थारु, वडासदस्यहरु रामबली थारु, लौटन थारु, महिला सदस्य धनसरा ओली, दलित महिला सदस्य सुष्मा बिक, रेडक्रस प्रतिनिधी हेमराज खत्री लगायतको उपस्थिती रहेको थियो । लकडाउनका कारण चुलो बाल्न नसकेका परिवारलाई प्याकेज अनुसार राहत वितरण गरिएको हो ।

अघिल्लो लेखमाकोरोना संक्रमित थपिदै, पर्सामा देखियो १७ जनामा कोरोना संक्रमण
अर्को लेखमा“पिसिआर” किट उपलब्ध गराउन काङ्ग्रेस बाकेको माग

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्