राप्तीसोनारी गाउँपालिकामा ८३ जना सक्रिय संक्रमित

0
496

बाँके (राप्तीसोनारी), बैशाख २४-


बाँकेको राप्तीसोनारी गाउँपालिकामा मात्र हाल ८३ जना सक्रिय संक्रमित रहेकाछन् । गाउँपालिका अन्तर्गत विभिन्न वडाका ८३ संक्रमित मध्य ४ जना मात्र आईसोलेसनमा र बाँकी सबै होम आईसोलेसनमा रहेको राप्ती सोनारी गाउँपालिका स्वाथ्य शाखा प्रमुख सुरेश शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो लहरको कोरोना भाईरसबाट राप्तीसोनारीमा ३ जनाको मृत्यु भईसकेको छ । हाल राप्ती सोनारी २ कचनापुरको आईसोलेसनमा ३ जना संक्रमित रहेको र एकजनालाई अक्सिजन दिएर उपचार गरिरहेको प्रमुख शर्माले बताउनुभयो । यस्तै राप्ती सोनारी ३ साहीपुरमा रहेको आईसोलेसनमा रहेका एकजना संक्रमितको स्वाथ्य अवस्था जटिल हुँदै गएपछि आजै भेरी अस्पताल नेपालगञ्जमा रिफर गरिएको उहाँले जानकारी दिनुभयो । राप्ती सोनारी गाउँपालिकाले स्थानिय संक्रमितहरुको उपचारकालागि विभिन्न तिन स्थानमा आईसोलेसन स्थापना गरेको छ । वडा नम्बर ६ फत्तेपुर स्थापना गरिएको आईसोलेसनमा भने अहिले संक्रमित नरहेको प्रमुख शर्माले जानकारी दिनुभयो ।

अघिल्लो लेखमाआगलागी पीडितलाई राप्ती सोनारी गाउँपालिकाद्वारा राहात वितरण
अर्को लेखमाकोरोना भाईरस नियन्त्रणकालागि राप्ती सोनारीले सबै पक्षसँग सहकार्य गर्ने

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्