राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष खत्री कोरोना मुक्त

0
132

राप्तीसोनारी, मंसिर ९-
राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्री कोरोना भाइरस संक्रमणबाट मुक्त हुनु भएको छ । उहाँको पछिल्लो पिसिआर रिपोर्टमा कोरोना भाइरस नेगेटिभ देखिएको हो । ६७ बर्षिया उपाध्यक्ष खत्रीसहित उहाँकी ३६ बर्षिया छोरी सर्मिला खत्री, नातिनीसहित ५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना भाइरस पोजेटिभ देखिएपछि उहाँ करिव १९ दिनसम्म होम आइसोलेसनमै बस्नु भएको थियो । कोरोना संक्रमण भएपछि उहाँ पछिल्लो समयमा सार्बजनिक कार्यक्रम तथा गाउँपालिकाको बैठकमा अनुपस्थित हुनु भएको थियो । होम आइसोलेसनमा बस्ने क्रममा घरायसी जडिबुटी, तातो पानीको उच्चतम प्रयोग गरेको उपाध्यक्ष खत्रीले बताउनु भयो ।

कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनका क्रममा उहाँले राजमार्गमा अलपत्र परेका यात्रुको उद्धार गर्नुका साथै गाउँ गाउँमा पुगेर सर्बसाधारणलाई निःशुल्क मास्क, साबुन तथा खाद्यान्न वितरणमा सक्रिय हुनु भएको थियो । कोरोना भाइरसविरुद्ध खटिरहेकै बेलामा उपाध्यक्ष खत्रीलाई कोरोना संक्रमण भएको हो ।

अघिल्लो लेखमाखजुरा क्यान्सर अस्पतालमा अप्रेशन सेवा शुरु, दुई दिन सम्म निशुल्क अपरेशन गरिने
अर्को लेखमानरैनापुर गाउँपालिकामा आइतबारदेखि पठनपाठन सुरु हुने

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्