राप्तीसोनारी गाउँपालिकाले नरैनापुरलाई दियो थर्मोगन

0
132

बाँके, चैत २६-
राप्तीसोनारी गाउँपालिकाले छिमेकी गाउँपालिका नरैनापुरलाई ज्वरो नाप्ने थर्मोगन सहयोग गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन राप्तीसोनारीले नरैनापुरलाई उक्त सहयोग प्रदान गरेको हो । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहलाई दुई थान थर्मोगन हस्तान्तरण गरेको राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिनुभयो ।

राप्तीसोनारीले संकटको बेलामा ज्वरो नाप्ने थर्मोगन निःशुल्क रुपमा प्रदान गरेको उहाँले बताउनु भयो । सो क्रममा राप्तीसोनारी गाउँपालिका अध्यक्ष थारुले कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन सबैले साथ र सहयोग गर्नुपर्ने बताउनु भयो । नरैनापुर भारतीय सिमासँग जोडिएको हुँदा बढी मात्रामा सजगता र सावधानी अपनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । यस्तै नरैनापुर गाउँपालिका अध्यक्ष शाहले यस्तो सहयोगले नरैनापुरमा कोरोना संक्रमण फैलिन नदिन र शंकास्पद ब्यक्तिको स्वास्थ्य परिक्षण गर्न सहज हुने विश्वास ब्यक्त गर्नुभयो ।

अघिल्लो लेखमाडुडुवाको तथ्याक संकलन अन्तिम चरणमा
अर्को लेखमाप्रयोगशाला बनाउने तयारीमा प्रदेश सरकार

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्