राप्तीसोनारीको वडा नम्बर ८ नयाँ गाउँमा राहत वितरण

0
277

तारा ओली
(राप्तीसोनारी), बैशाख २४-

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ का २२ घरधुरीलाई बुधबार राहत वितरण गरिएको छ । लामो लकडाउनका कारण साँझ बिहान चुलो बाल्न नसकेका वडा नम्बर ८ स्थित नयाँ गाउँका २२ घरधुरीलाई राहत सामाग्री वितरण गरिएको हो । उक्त गाउँमा १३ वटा होमस्टे भएपनि लकडाउनका कारण बन्द छन् । लकडाउनबाट प्रभावित भएका ३ वटा होमस्टे सञ्चालकलाई पनि राहत विरण गरिएको छ । सो क्रममा राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, वडा नम्बर ८ का वडाअध्यक्ष खुमबहादुर बस्नेत, राजनीतिक दल, प्रहरी, रेडक्रसका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो । उक्त वडाले लकडाउन प्रभावितलाई तेस्रो चरणको राहत सामाग्री वितरण गरेको वडाअध्यक्ष बस्नेतले जानकारी दिनु भएको छ ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्