राप्तीसोनारीको अगैयाबाट रेडियो भूवर भवानीको परिक्षण प्रशारण सुरु

0
138

बाँके, राप्तीसोनारी( अगैया )-
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ अगैयामा रेडियो भूवर भवानी ९८.८ मेगाहर्ज सञ्चालनमा आएको छ । समृद्धिका लागि सञ्चार नेपाल राप्तीसोनारी–२ बाँकेले सामुदायिक रेडियोको परिक्षण प्रशारण सुरु गरेको हो । दिपावली(तिहार)को अवसर पारेर यही कात्तिक १० गते लक्ष्मी पुजाका दिन बिहान ९ बजेर ४५ मिनेटको शुभ साईतमा रेडियोको परिक्षण प्रशारण शुभारम्भ गरिएको समृद्धिका लागि सञ्चार नेपालका अध्यक्ष एवम् रेडियो भूवर भवानीका कार्यकारी प्रमुख अर्जुन ओलीले बताए ।

‘रेडियो अहिले दैनिक परिक्षण प्रशारणमा छ, हरेक दिन बिहान ५ बजेर ५५ मिनेटमा खुलेर राती ९ बजेसम्म रेडियोको परिक्षण प्रशारण चलिरहेको छ,’ कार्यकारी प्रमुख ओलीले भने ‘अबको केही समयपछि रेडियोको औपचारिक रुपमा उद्घाटन पश्चात नियमित रुपमा समाचार बुलेटिन तथा कार्यक्रम प्रशारणमा ल्याउनेछौं ।’

रेडियो भूवर भवानी सञ्चालनमा आएपछि बिद्युतीय सञ्चार माध्यमको पहुँचबाट टाढा रहँदै आएका राप्तीसोनारी र नरैनापुरबासीले अब आफ्नै क्षेत्रको स्थानीय एफ.एमबाट सूचना, समाचार तथा कार्यक्रमहरु सुन्न पाउने कार्यकारी प्रमुख ओलीको भनाई छ । उनले थपे, ‘नयाँ संबिधानले सिंहदरबारको अधिकारलाई गाउँ–गाउँमा पु¥यायो, तर स्थानीय सरकारले जनतालाई दिनुपर्ने सेवा, सुबिधा र राम्रा कामबारे जनताले प्रभावकारी रुपले जानकारी पाउन सकेनन्, एकै पटक आमजनता समक्ष सहज रुपमा सूचना पु¥याउन स्थानीय सामुदायिक एफ.एम. रेडियोको जरुरत परिरहेको अवस्थामा हामीले रेडियो भूवर भवानी सञ्चालनमा ल्याएका हौं ।’

रेडियोले स्थानीय सरकारले थालेको समृद्धिको सपना साकार पार्न टेवा पु¥याउने विश्वास छ । समृद्धिका लागि सञ्चार नेपाल, राप्तीसोनारी गाउँपालिका तथा स्थानीय सामुदायिक वन समुहको संयुक्त पहल कदमीबाट रेडियो सञ्चालनमा ल्याइएको समृद्धिका लागि सञ्चार नेपालका कोषाध्यक्ष एवम् रेडियोका स्टेशन म्यानेजर बिमला चौधरीले बताईन् ।

‘रेडियो भूवर भवानी स्थापना गर्न पहिला जति चुनौती थियो, अब यसलाई दिगो रुपले सञ्चालन गर्न पनि उत्तिकै चुनौती छ,’ उनले भनिन् ‘यो रेडियो समुदायको साझा सम्पत्ति हो, यसलाई दिगो रुपले सञ्चालन गर्न सबैको सहयोग रहन आवश्यक छ ।’ रेडियो सञ्चालनमा आएपछि स्थानीय बासिन्दा हर्षित भएको चौधरीले सुनाईन् । सबैको साझा प्रयासले रेडियोलाई दिगो रुपले सञ्चालन गर्न सम्भव रहेको उनको भनाई छ । रेडियोले हाल सञ्चार मन्त्रालयबाट एक सय वाट क्षमताको ईजाजत पत्र प्राप्त गरेको छ । आवश्यकता अनुसार रेडियोको क्षमता बढाउँदै लैजाने स्टेशन म्यानेजर चौधरीले बताईन् ।

रेडियोको परिक्षण प्रशारण हाल राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिका तथा नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकासहित बाँकेको अधिकांस स्थानमा सुनिएको प्रतिक्रिया श्रोताहरुबाट प्राप्त भईरहेको संस्थाका सचिव एवम् रेडियोका सहायक स्टेशन म्यानेजर खड्कबहादुर खत्रीले बताएका छन् । ‘रेडियोको तरंग टाढासम्म पु¥याउन हामीले गुणस्तरिय(क्वालिटीयुक्त)उपकरण जडान गरेका छौं, सामानको गुणस्तरियताका कारण रेडियो भूवर भवानी टाढा सम्म सुनिएको हो ।’ रेडियोले छिट्टै पत्रकारिता तथा उद्घोषण तालिम सञ्चालन गरेर स्थानीय जनशक्ति तयार गर्ने सहायक स्टेशन म्यानेजर खत्रीले जानकारी दिए ।

अघिल्लो लेखमागुटबन्दीले पार्टी कमजोर बनाएको कांग्रेस नेता, कार्यकर्ताको ठोकुवा
अर्को लेखमाबाँके र बर्दियाका १०३ सीमास्तम्भ गायव

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्