राप्तीसोनारीका ९ जनाको पुनः कोरोना परिक्षण

0
300

राप्तीसोनारी(बाँके), जेठ २४-
राप्तीसोनारी गाउँपालिकाका विभिन्न वडामा रहेका आइसोलेसनमा बसिरहेका कोरोना संक्रमित ब्यक्तिको शनिबार पुनः स्वाब संकलन गरिएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ स्थित शिवशक्ती माध्यामिक बिद्यालयको आइसोलेसनमा बसिरहेका ५ जना, वडा नम्बर २ स्थित जनमुखी सामुदायिक वन उपभोक्ता समुहको आइसोलेसनमा बसिरहेका ३ र वडा नम्बर ९ को ढकेरीस्थित आइसोलेसनमा बसिरहेका १ जनाको पुनः स्वाब संकलन गरिएको हो ।

केहीदिन अघि गरिएको पिसिआर परिक्षणका क्रममा वडाअध्यक्षसहित उनीहरुलाई कोरोना पोजिटिभ देखिएको थियो । कोरोना संक्रमण पोजेटिभ देखिएपछि उनीहरु सबै वडाको आइसोलेसनमा बस्दै आएका छन् । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष खुमबहादुर बस्नेतले शनिबार संक्रमित सबै ९ जना ब्यक्तिको पुनः स्वाब संकलन भएको बताउनु भयो । आइसोलेसनमा बसिरहेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

अघिल्लो लेखमाब्यावसाय खोल्न दिने निर्णयबाट बाँके प्रशासन पछि हट्यो
अर्को लेखमाकोरोनालाई जितेर फर्किए दम्पती

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्