राप्तीसोनारीका वडामा धमाधम राहत वितरण

0
115

तारा ओली ( राप्तीसोनारी), बैशाख १-
राप्तीसोनारी गाउँपालिकाको विभिन्न वडामा राहत वितरण गरिएको छ । गाउँपालिकाले राहत सामाग्री वितरणको कामलाई अगाडी बढाएपछि वडा तहमा दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने पीडित परिवारलाई राहत वितरण गर्न सुरु गरिएको हो । यसैक्रममा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ का विभिन्न स्थानमा राहत वितरण गरिएको वडा नम्बर ५ का वडा अध्यक्ष झगरु थारुले जानकारी दिनुभयो ।

यस्तै वडा नम्बर ९ ले ढकेरी लगायत स्थानमा राहत वितरण गरेको छ । वडा नम्बर ९ का वडा अध्यक्ष महाबीर ओलीको नेतृत्वमा अति गरिब तथा विपन्न परिवारलाई राहत वितरण गर्न थालिएको हो । यसैगरी वडा नम्बर ३ ले पनि राहत वितरणको कामलाई तिव्रता दिएको छ । उक्त वडामा वडा अध्यक्ष गंगाराम थारुको नेतृत्वमा राहत वितरण सुरु गरिएको हो । यस्तै वडा नम्बर ४ ले पनि वडाभित्र रहेका अति गरिब तथा विपन्न परिवारलाई राहत वितरणको काम गरिरहेको छ । वडा नम्बर ४ का वडा अध्यक्ष कान्छा थारुको नेतृत्वमा राहत वितरण भइरहेको छ ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्