राप्तीसोनारीका जेष्ठ नागरिकले वडाबाटै परिचय पत्र लिँदै

0
196


बाँके, (राप्तीसोनारी) मंसिर १६-


बाँकेको राप्ती सोनारी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई वडाबाटै परचय पत्र वितरण गरिरहेको छ । यसअघि गाउँपालिकाको कार्यालयबाट वितरण गरिँदै आएको ज्येष्ठ नागरिक परिचय पत्र गाउँपालिकाले पहिलो पटक वडा कार्यालयबाट वितरण सुरु गरेको हो । ज्येष्ठ नागरिक परिचय पत्र वितरण शिविरको आयोजना गरी पहिलो दिन बुधबार वडा नम्बर –१ का ज्येष्ठ नागरिकलाई परिचय पत्र वितरण गरेको राप्ती सोनारी गाउँपालिकाले बिहिबार वडा नम्बर– ३ मा वितरण गरिरहेको छ ।

राप्ती सोनारी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर शाहीले वडा नं. १ का ८६ वर्षिय मंगल बादीलाई ज्येष्ठ नागरिक परिचय पत्र प्रदान गरी औपचारिक रूपमा परिचय पत्र वितरण कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । परिचय पत्र वितरण गर्दै प्रमुख प्रशासकिय अधिकृत शाहीले क्षेत्रफलको हिसाबले देशकै ठूलो गाउँपालिका भएकाले दुरदराजका ज्येष्ठ नगारिकलाई पालिका सम्म परिचय पत्र लिन अप्ठ्यारो पर्ने कुरालाई मध्यनजर गरेर सम्बन्धित वडाबाटै परचय पत्र वितरण गरिएको बताउनुभयो ।

वडाबाटै ज्येष्ठ नागरिकले परिचय पत्र पाएपछि घरदैलामै सिंहदरवार आएको महसुस भएको स्थानीयबासीले बताएका छन् । गाउँपालिकाले सार्वजनिक बिदा र शनिबारको दिन बाहेक अन्य हरेक दिन वडा कार्यालय सञ्चालन समयमा ज्येष्ठ नागरिक परिचय पत्र लिन आएमा गाउँपालिका भित्र रहेका ६० वर्ष उमेर पुगेका सबै ज्येष्ठ नागरिकलाई परिचय पत्र वितरण गरिने राप्ती सोनारी गाउँपालिका अन्तर्गत महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सम्झना दलामीले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकले आफ्नो उमेर खुल्ने कागजात लिएर स्वयम् उपस्थित भएमा वा नजिकको नातेदार वडाको सिफरिस लिएर आए परिचय पत्र प्रदान गर्न सकिने उहाँले बताउनुभयो । वडा नम्बर १ र ३ मा वितरण पश्चात आन्य वडामा मंसिर २० गतेदेखि जेष्ठ नागरिक परिचय पत्र वितरण शिविर सञ्चालन गरिने प्रमुख दलामीले जानकारी दिनुभयो । पहिलो दिन बुधबार वडा नम्बर– १ मा ५८ जनालाई ज्येष्ठ नागरिकलाई परिचय पत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ

अघिल्लो लेखमाराप्ती सोनारीको ६ नम्बर वडा पनि वालविवाह मुक्त घोषणा
अर्को लेखमाआधारभुत स्वास्थ्य केन्द्र राप्तीसोनारी ६ को भवन उद्घाटन, ९ वटै वडाका स्वास्थ्य केन्द्र अव आफ्नै भवनमा

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्