‘राप्तीपारीको बिद्युतीकरणमा अब ढिलाई नहोस्’ : अध्यक्ष थारु

0
190


निर्मला चौधरी/ राप्तीसोनारी, असोज २४-

राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले राप्तीपारीको बिद्युतीकरणको विषयमा अदालतले गरेको आदेशको स्वागत गर्नु भएको छ । ठेकेदार कम्पनी ‘श्रीम उष्मा गौरी पार्वती जेभी’ नामक ठेकेदार कम्पनीले अन्तरिम आदेश माग गर्दै तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलास समक्ष मुद्दा दर्ता गराएको थियो । अदालतले ‘अन्तरिम आदेश नहुने’ आदेश दिएपछि स्थानीय सरकार प्रमुख समेत रहनु भएका गाउँपालिका अध्यक्ष थारुले यस्तो प्रतिक्रिया दिनु भएको हो ।

अदालतले गरेको आदेश स्वागत योग्य रहेको भन्दै उहाँले जनताले राज्यलाई रावश्व तिरेर पनि अहिलेसम्म बत्ती बाल्न नपाउनु दुःखदायी कुरा भएको बताउनु भयो । राप्ती सोनारीको वडा नम्बर ३ र ४ मा बिद्युतीकरणको काम अगाडी बढाउन गाउँपालिका अध्यक्षको हैसियतले आफुले जस्तोसुकै जिम्मेवारी लिन पनि तयार रहेको उहाँले बताउनु भयो । यसका लागि बिद्युत प्राधिकरणले अब छिटोभन्दा छिटो काम अगाडी बढाउनुपर्ने गाउँपालिका अध्यक्ष थारुको सुझाव छ । बिद्युत प्राधिकरण प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्रमुखले अब बोलेर भन्दापनि काम गरेर देखाउनुपर्ने बताउनु भयो ।

ठेकेदारले बिद्युतीकरणको काम अलपत्र पारेपछि राप्तीसोनारी गाउँपालिकाले वडा नम्बर ३ मा गतवर्ष देखी बिद्युतीकरणको काम सुरु गरेको स्मरण गराउँदै उहाँले त्यस वडामा छिट्टै ट्रान्सफर्मर जडान हुने र बाँकी काम पनि सम्पन्न गरिने बताउनु भयो । गाउँपालिकाले अहिलेसम्म गरेको काम र बिद्युत प्राधिकरणले गर्नुपर्ने बाँकी कामका लागि समन्वय गरिने अध्यक्ष थारुले बताउनु भयो । राप्तीसोनारी वडा नम्बर ३ र ४ का बासिन्दा बत्ती बाल्ने आशामा बर्षौदेखी कुरिरहेको र स्थानीय सरकारको हैसियतले आफुले वडा नम्बर ३ बाट गाउँपालिकाको बजेटबाट काम सुरु गराएको स्पष्ट पार्नुभयो ।

अघिल्लो लेखमावन ब्यवस्थापन सम्बन्धमा अन्तरकृया
अर्को लेखमानदी र खोलामा ठेक्का स्वीकृत गर्न ठेकेदार कम्पनी छनोट

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्